बच्चालाई श्वास सम्बन्धी रोगबाट बचाउन गर्भावस्थामै खानुस् माछा
आजभोली सानो बच्चालाई श्वास सम्बन्धी समस्याले बढी सताएको पाइन्छ ।
विशेषज्ञहरु भन्छन्, यदी गर्भावस्थाकै समय खानपानमा आमाले केहि कुरामा ध्यान दियो भने बच्चामा दम र अन्य श्वास सम्बन्धी समस्याको आशंका कम हुन्छ ।
भर्खरै गरिएको एन नयाँ अनुसन्धानमा एक तथ्य सार्वजनिक भएको छ , गर्भावस्थाको समय चिसो पानीको माछा खानाले बच्चामा दमको खतरा एक तिहाइ सम्म कम हुन सक्छ ।
अनुसन्धानकर्ताका अनुसार चिसो पानीको माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले गर्भमा विकसित भइरहेको बच्चाको श्वासको समस्यालाई टाँढा राख्नमा महत्वपूर्ण हुन्छ ।
अनुसन्धानको समय जुन महिलाहरुले गर्भावस्थाको तेस्रो महिनामा २.४ ग्राम लन्ग–चेन ओमेगा–३ खान्छिन् उनको बच्चामा दमको खतरा ३१ प्रतिशत सम्म कम हुन्छ ।
लन्ग–चेन ओमेगा–३ एसिड, चिसो पानीको माछमा पर्याप्त मात्रामा पाइन्छ, जुन मानव प्रतिरक्षा प्रतिक्रियाको लागि उत्तम हो ।
यो अनुसन्धान डेनमार्कको कोपनहेगन प्रोस्टपेक्टिव स्टडीज अन अस्थमा इन चाइल्डहुड (सीओपीएसएसी) ले गरेको हो ।
अध्ययनकर्ता प्रोफेसर हन्स बिस्गार्डले, हामीलाई लामो समयदेखि यो कुरामा आशंका थीयो, लन्ंग–चेन ओमेगा–३, पश्चिमी खानपानमा ओमेगा–३ को कमी र बच्चामा बढ्दो दमको खतरा बढाउने गरेको बताए ।
बिस्गार्डले भने, यो अध्ययनले प्रमाणित गर्छ, यि पदार्थ निश्चित र मुख्य रुपमा खानाले बच्चामा श्वास सम्बन्धी समस्या हटाउनमा सहयोगि छ ।
यो अध्ययन न्यू इंंगल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित गरिएको छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>