जाजरकोटमा एक डक्टरले तलबको पाँच प्रतिशत असहाय बिरामीलाई दिने



Download our app to get more features

काठमाण्डौ, १६ पुस । जाजरकोटका एकजना डाक्टरले आफ्नो प्रत्येक महिनाको तलबबाट  पैसाको अभावमा ठूलो अस्पतालमा रिफर हुन नसकेको बिरामीलाई नियमित सहयोग गर्ने घोषणा गरेका छन् ।

जाजरकोट अस्पतालमा कार्यरत चिकित्सक डा. भूपेन्द्र प्रकाश मल्लले आफ्नो मासिक तलबबाट पाँच प्रतिशत असहाय बिरामीलाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनले फेसबूकमा स्टाटस लेख्दै आवश्यकता परे सहयोग बढाउने समेत बताएका छन् ।

विगत दुई महिनादेखि जाजरकोट अस्पतालमा कार्यरत डा. मल्लले त्यहाँ आएका कतिपय बिरामीसँग ठूलो अस्पतालाम जानमात्र नभै औषधि किन्नै पैसा समेत नभएको देखेकाले सहयोग घोषणा गरेको बताएका छन् ।

 

Last modified on 2017-07-06 14:42:37

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts