स्तन क्यान्सरबाट बच्ने सबैभन्दा सजिलो उपाय



Download our app to get more features

केहि समय पहिले सम्म स्तन क्यान्सरलाई लिएर मानिसहरुमा जागरुकता निकै कम थियो । तर, पछिल्लो केहि समयमा मानिसहरु यो रोगलाई गम्भिरताका साथ लिन थालेका छन् ।

स्तन क्यान्सरलाई लिएर धेरै प्रकारका जनचेतनामुलक कार्यक्रमहरु चलाइदैँछ । तर, सबैभन्दा महत्वपूर्ण भनेको महिलाहरु स्वयं यो रोगप्रति सचेत हुनुपर्छ ।

भर्खरै गरिएको एक नयाँ अनुसन्धानका अनुसार, जुन महिलाहरु किशोरावस्थामा भरपूर मात्रामा स्याउ, केरा र अन्य हरियो तरकारी खान्छिन् उनीहरुमा स्तन क्यान्सर हुने सम्भावना अन्यको तुलनामा निकै कम हुन्छ ।

अनुसन्धानमा भनिएको छ, फल र हरियो तरकारीमा भरपूर मात्रामा फाइबर र भिटामिन पाइन्छ, जसले स्तन क्यान्सर हुनबाट बचाउँछ ।

किशोरावस्थामा फल र हरियो तरकारी खानाले स्तन क्यान्सरको खतरा लगभग २५ प्रतिशतले कम हुन्छ । 

यस अनुसन्धानका लागि अनुसन्धानकर्ताहरुले ९० हजार नर्सहरुमा बीस वर्ष सम्म अध्ययन गरेका हुन् । 

यो अनुसन्धान ’बीएमजे’ पत्रिकामा प्रकाशित भएको छ ।


(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-07-06 14:44:38

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts