लौकाको जूस पिउनुको ५ फाइदा



Download our app to get more features

सामान्यतया हामी बिहान उठेर कफी या चिया पिउन रुचाउँछ । वर्षौँदेखि हामी यसलाई निरन्तरता दिदैँ आएका छौँ । तर, के तपाईले कहिले सोच्नु भएको छ, हाम्रो यो बानीलाई स्वस्थ बानीमा परिणत गर्नुपर्छ भनेर ? बिहान उठेर चिया या कफी पिउनु भन्दा तपाई लौकाको जूस पिउन सक्नु हुन्छ ।

उसो त लौकाको नमिठो स्वादले तपाईलाई एकछिन मन नपर्न सक्छ । तर लौकाको जूश पिउनुको ५ फाइदा जसले तपाईलाई आश्चर्यमा पार्न सक्छ ।

शरीरमा शक्तिका लागि 

यदी तपाई बिहान उठेर व्यायाम गर्नुहुन्छ भने लौकाको जूस पिउनु तपाईको स्वास्थ्यका लागि धेरै नै फाइदाजनक हुन सक्छ । लौकाको जूसमा पाइने नेचुरल शुगरले ग्लाइकोजीनको मात्रालाई बनाइ राख्नमा मद्दत गर्नुका साथै कार्बोहाइड्रेटको कमीलाई पनि पूरा गर्छ । लौकाको जूशले मांसपेशिको क्षमतामा बृद्धि गर्छ ।

२. यूरीन इन्फेक्शनमा फाइदाजनक 

यदी तपाईलाई यूरीन ईन्फेक्सन छ भने लौकाको जूस पिउनु उत्तम हुन्छ । यूरीनमा एसिडको मात्रा बढी भएपछि पिसाब गर्दा पोल्ने र दुख्ने समस्या हुन्छ । लौकाको जूस पिउनाले शरीरमा भएको अम्लिय पदार्थलाई कम गर्छ र पोल्ने तथा दुखाईमा पनि आराम हुन्छ ।

३. शरीरको आन्तरिक रुपमा रहेको विकारलाई सफा गर्छ 

खाली पेट एक गिलास लौकाको जूस पिउनाले ताजापन र शक्ति प्राप्त हुन्छ । लौकाको जूसमा ९८ प्रतिशत पानी र एन्ंटी–अक्सीडेंन्ट्स हुन्छ । जसले शरीरबाट टक्सिन्स बाहिर निकाल्ने काम गर्छ । लौकाको जूश पिउनाले शरीरलाई शितलता प्राप्त हुन्छ र शरीरमा भएको आन्तरिक विकारलाई पनि सफा गर्छ ।

४. तौल घटाउनमा मद्दत गर्छ  

लौकाको जूसमा क्यालोरी र चिल्लो पदार्थ नगन्य मात्रामा हुन्छ । यस्तोमा यदि तपाई तौल घटाउने सोच्दै हुनुहुन्छ भने लौकाको जूस तपाईको लागि उत्तम उपाय सावित हुने छ । यसमा पाइने फाइबरले भोक लाग्न दिदैन ।

५. कब्जीयतको समस्यामा उपयोगी  

यदी तपाईलाई कब्जीयतको समस्याले सताएको छ भने प्रत्येक दिन बिहान लौकाको जूस पिउन सक्नु हुन्छ । लौकाको जूसमा पाइने फाइबरले पाचन प्रक्रियालाई स्वस्थ र सक्रिय राख्छ ।


(एजेन्सीको सहयोगमा)

Last modified on 2017-07-06 14:45:08

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts