लुम्बिनी अञ्चल अस्पतालमा नयाँ सेवा सुरु



Download our app to get more features

तिलोत्तमा(रुपन्देही), १६ पुस । लुम्बिनी अञ्चल अस्पताल बुटबलमा दूरबिनबाट पत्थरी निकाल्ने पद्धति ल्यापरोसी सेवा शुक्रबारदेखि सुरु भएको छ । 

लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास देकोटाले, अस्पतालका शल्यचिकित्सकको टोलीले सेवा सुरु गरेको जानकारी दिए ।

बुटवल– १३ देवीनगरकी रीता नेपालीले उक्त सेवा लिएर उद्घाटन गरिएको अस्पतालले जनाएको छ ।

अञ्चल अस्पतालमा सुरु भएको सो सेवा शल्यक्रिया विशेषगरी स्त्रीरोगका लागि लाभदायक हुने छ । रासस
 

Last modified on 2017-07-06 14:45:35

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts