नवगठित नर्सिङ्ग क्षेत्र सुधार सम्बन्धी समिति विघटन नगरिए नर्सिङ्ग संघले कडा आन्दोलन गर्ने
काठमाण्डौं, १५ पुष । नेपाल नर्सिङ्ग संघले स्वास्थ्य मन्त्रालयले नर्सिङ्ग क्षेत्रको विद्यमान अवस्था सुधारका लागि भन्दै गठन गरेको समिति तत्काल विघटन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
संघले लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गर्दैै मन्त्रिस्तरीय निर्णयानुसार नर्सिङ्ग क्षेत्रको विद्यमान अवस्था सुधारका लागि बनाएको समितिमा संघको प्रतिनिधित्व नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । संघले अहिले बनेको समिति विघटन गरी नर्सिङ्ग संघ र नर्सिङ्ग काउन्सीलको प्रतिनिधी नराखिए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।
मन्त्रालयले गत मंसिर २४ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी प्राध्यापक गोमा देवी निरौलाको संयोजकत्वमा समिति गठन गरेको थियो ।
कार्यक्रममा संघकी उपाध्यक्ष अप्सरा पाण्डेले सरकारले नर्सहरुको छाता संगठनलाई उपेक्षा गरी नगरि समिति गठन गरेकोमा संघको आपत्ती रहेको रहेको बताइन् । हाम्रो डक्टरलाई उध्दृत गर्दै उपाध्यक्ष पाण्डेले भनिन् ‘नर्सिङ्ग क्षेत्रको निर्णयपनि हामीले मिडियाबाट थाहा पाउनु पर्यो ।’
‘पहिलो चरणमा सरकारलाई सचेत गर्न खोजीएको हो’ उनले थपिन् ‘सरकारले आफ्नो कदम नसच्चाए देशभरका ३५ शाखाबाट नर्स परिचालन गरी देशव्यापी आन्दोलनका लागि कार्यक्रम घोषणा गर्ने छौं ।’
संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले सरकारले गरेको निर्णय समावेशी नभएको भन्दै सरकारले समिति गठन गर्दा नर्सिङ्ग संघ र काउन्सीललाई मात्र नभई निजी क्षेत्रलाई समेत नसमेटिएको भन्दै आक्रोश पोखिन् ।
कार्यक्रममा संघकी पूर्व अध्यक्ष प्रमीला देवानले भनिन् ‘समितिमा बस्न नपाएर विरोध गरेको होइन, तर नर्सिङ्ग सेवा सुधारको लागि गठित समितिमा समग्र नर्सिङ्ग सेवा दिने संघसंस्था र काउन्सिलको प्रतिनिधि नै नहुनुमा हाम्रो विरोध हो ।’
1 Comments
-
nurse ( uchha taha ko) swayam le samiti gathan gareko rahechha vane NNC, NAN vaye jhan ramro hunthyo tara yo kuralai badhak nabanaye ramro hunchha. samiti le gareko kam herera matrai birodh garnu ramro hunchha .
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>