चिकित्सकहरुको आचारसंहिता परिमार्जन गरिँदै
काठमाण्डौं, १५ पुष ।नेपाल मेडिकल काउन्सिललेपरिमार्जन गरेको चिकित्सकहरुको व्यवसायिक आचारण संहितामा विभिन्न विज्ञहरुसँग छलफल सुरु गरेको छ ।
चिकित्सकले व्यवसायिक आचारण सुधार्न डा.सतिस कुमार देव, डा. सन्ध्या चापागाई आर्चाया, डा. गोपाल चौधरी, डा. रमेश पराजुली र सल्लाहकारको रुपमा डा लौरा ह्वारीलक रहेको कमिटिले तयार पारेको परिमार्जित मस्यौदामा आज छलफल गरिएको हो ।
छलफलकावक्ताहरुले चिकित्सकले व्यवसायिक आचारण सुधार्न प्रतिवद्ध हुनुपर्ने बताएका छन् । कार्यक्रममा मेडिकलकाउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले चिकित्सकहरुको व्यवसायिक आचरण अझै सुध्रिन नसकेको बताएका छन् । उनले चिकित्सकहरुले बिरामी परीक्षणको क्रममा व्यवसायिक आचरण पालना नगरेकोले आवश्यक परिमार्जन गरी कार्वाही प्रभावकारी बनाउने आचार संहिता परिमार्जन गरीएको बताए ।
काउन्सिलको आचार संहिता समितिका संयोजक डा. शतिसकुमार देवका अनुसार पुरानो आचारसंहितामा चिकित्सकले आचारसंहिता उल्लङ्घन गरे कसले कस्तो कारवाही गर्ने भन्नेबारे स्पष्ट व्यवस्था छैन् । त्यसैले आचारसंहिता परिमार्जनको आवश्यकता थियो ।
विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. जोश भेन्डिलियरले डाक्टरहरुले लेख्ने अक्षर, बिरामीलाई सिफारिस गर्ने औषधि र बिरामीसँग गरिने व्यवहारहरु आचारसंहिता अन्तर्गत पर्ने भएकाले यस्ता सबै कुरामा प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।
नेपालमा अझैसम्म अस्पतालहरुमा चिकित्सकले आचारसंहिता उल्लंघन गरे कसरी अनुसन्धान गर्ने भनेर काउन्सिल ऐन, २०२० र ‘कोड अफ इथिक्स’ मासमेत स्पष्ट व्यवस्था छैन ।
Reporter
View Other Stories by Author >>