चिकित्सकले नै इच्छामृत्युलाई सहज बनाइदिने ‘एसिस्टेड डेथ’मा समर्थन बढ्दै
एजेन्सी । चिकित्सकीय सहायताद्वारा अन्तिम स्थितीमा रहेका बिरामीहरुको मृत्यु गराइने विधीलाई एसिस्टेड डेथ वा मेडिकल भाषामा इयुथानेसिया भनिन्छ । अमेरिकामा ७ हजार ५०० चिकित्सकमाझ गरिएको एक अध्ययनले करिव ५७ प्रतिशत चिकित्सक एसिस्टेड डेथको पक्षमा रहेको देखाएको छ ।
मेडस्केप इथिकल रिपोर्ट २०१६ मा प्रकाशित उक्त अध्ययन प्रतिवेदनले पछिल्लो वर्षमा एसिस्टेड डेथको विषयमा चिकित्सकहरुको समर्थनले केही हदसम्म आम मानिसको विचार पनि दर्शाउने बताइएको छ । उही प्रकृतिको अध्ययनमा २०१० र २०१४ मा समर्थन गर्ने चिकित्सकहरुको संख्या ४६ र ५४ प्रतिशत थियो । केही चिकित्सकहरुले भने यस विधीलाई नैतिकताले गर्न नदिने र चिकित्सकीय सपथ हिप्पोक्रेटिक ओथको विपरीत भनेका छन ।
पछिल्लो समयमा आममानिसमा स्वास्थ्य, रोग, मृत्यु आदिको चेतना बढ्दै गएकाले बिरामीले चाहेमा मृत्युलाई कम हानी हुने विकल्पको रुपमा लिन सकिने बहस बढ्दै गएको छ । अमेरिकाका केही राज्यहरूमा जनमत लिएर नै एसिस्टेड डेथलाई कानुनी रुपमा जायज ठहर्याइएको छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>