कफी पिउनाले स्वस्थ रहन्छ मुटु



Download our app to get more features

हामी मध्ये अधिकांशले टाउको दुखाई कम गर्न, अल्छीपना हटाउन र मुडलाई राम्रो बनाउनका लागि कफी पिउने गर्छौ ।

त्यस बाहेकपनि कफि पिउनुको धेरै फाइदा छन् जुन हामीलाई थाहा नहुन सक्छ । तीनै फाइदा मध्ये एक हो, कफि पिउनाले मुटु स्वस्थ रहन्छ ।

हालै गरिएको एक नयाँ अध्ययनमा कफी पिउनेहरुको मुटु सँग सम्बन्धीत समस्याहरु तुलनात्मक कफी नपिउनेहरुको रुपमा हुन्छ । साथै कफीले मुटुलाई बलियो र स्वस्थ राख्नमा पनि मद्दत गर्छ ।

अध्ययनका अनुसार, एक वा दुई कप कफी पिउनेहरु मध्ये कफी नपिउनेहरुको तुलनामा मुटु सँग सम्बन्धीत समस्याका कारण मर्नेहरुको आशंका २० प्रतिशत कम हुन्छ ।

कफीले हृदयघात हुनबाट मुटुलाई मजबूत बनाइ राख्ने काम गर्छ र कफी नियमित पिउनाले हृदयघात फेरि हुने आशंका पनि कम हुन्छ । तर, अध्ययनकर्ताहरुले चेतावनी पनि दिएका छन्, कफी सिमित मात्रामा पिउनु नै स्वास्थ्यको लागि लाभदायक हुन्छ ।


(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-07-06 14:53:41

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts