विषाक्त खाजा खाँदा एकै परिवारका पाँच बिरामी
तम्घास (गुल्मी), १५ पुस । विषाक्त खाजा खाँदा गुल्मीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।
विषाक्त खाजा खाँदा मुसिकोट–२ स्थित रामबहादुर परियारका तीन बुहारीसहित दुई छोराछोरी बिरामी परेका हुन् ।
बिरामी पर्नेमा बुहारीहरु २३ वर्षीया सावित्रा, १८ वर्षीया पुष्पा, १८ वर्षीया अस्मिता, १५ वर्षीय छोरा बुद्ध र १२ वर्षीया छोरी अस्मिता रहेका छन् ।
बिहिवार बिहान स्थानीय पसलबाट किनेर ल्याएको गहुँको पीठोको रोटी बनाएर खाएको र रोटी खाएको एक घन्टापछि सबै जना अचेत बनेका थिए ।
उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको अस्पतालका सिनियर अहेव रमेशप्रसाद पन्थीले जानकारी दिए । रासस
Last modified on 2017-07-07 17:17:52
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>