आयुर्वेद अस्पतालमा डिजिटल र भिडियो एक्सरे जडान

What's This?


Download our app to get more features

दाङ, १४ पुस । क्षेत्रीय आयुर्वेद चिकित्सालय बिजौरी, दाङले डिजिटल एक्सरे र भिडियो एक्सरे सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीलाई गुणस्तरीय तथा छिटो सेवा दिने उद्देश्यले डिजिटल एक्सरे र भिडियो एक्सरे जडान गरी सेवा दिन सुरु गरेको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा ठाकुरप्रसाद दुवाडीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको रु ३० लाख सहयोगमा एक्सरे मेसिन खरिद गरी सेवा सुरु गरेको दुवाडीले बताए । त्यसैगरी, अस्पतालले रु तीन लाखको लागतमा गुणस्तरीय प्रयोगशाला सञ्चालनका लागि ऐनालाइजर मेसिन खरिद गरेको अस्पतालले जनाएको छ । डिजिटल एक्सरे र भिडियो एक्सरे जडानसँगै यहाँका स्थानीय बासिन्दालाई सेवा प्रदान गर्न सहज भएको डा दुवाडीले बताउनुभयो । “एक्सरे मेसिन सञ्चालनमा आएसँगै यहाँका बिरामीले गुणस्तरीय सेवा पाएका छन्, पुरानो मेसिनले राम्रोसँग काम नगर्ने समस्या थियो, हाल भने सहज भएको छ,” उनले भने।

त्यसैगरी, अस्पतालले पञ्चकर्म सेवा, गर्भवती महिलाको जाँच गर्न पनि सुरु गरेको छ । सात जना डाक्टरको दरबन्दी रहेको यस अस्पतालमा हाल दुई जनामात्र डाक्टर हँुदा सेवा प्रवाहमा भने केही कठिनाइ उत्पन्न भएको अस्पतालले जनाएको छ । रासस

Last modified on 2017-07-06 15:29:58

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts