नक्कली आरोपित चिकित्सक डा. रामजी यादवलाई सफाई 



Download our app to get more features

काठमाण्डौ, १३ पुस । नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक भएको आरोपमा पक्राउ परेका स्त्रीरोग विशेषज्ञ डा. रामजी यादवलाई जिल्ला अदालत धनुषाले सफाई दिएको छ । न्यायधीश ऋषिराज अधिकारीको एकल इजलासले बुधवार उनलाई सफाई दिएको हो ।

अभियोग पुष्टि हुने आधार नदेखिएको भन्दै उनलाई सफाई दिइएको हो । जनकपुर अञ्चल अस्पतालमा कार्यरत डा यादवलाई असार ३ गते नेपाल प्रहरीको सीआईबीको टोलीले जनकपुरबाट पक्राउ गरेको थियो ।पक्राउ पछि १२ दिनसम्म महाराजगञ्जस्थित सीआईबीको केन्द्रीय कार्यालयको हिरासतमा राखिएका यादवलाई पछि जिल्ला फिर्ता गरी मुद्दा चलाएको थियो । बुधवार सोही मुद्धाको फैसला गर्दै जिल्ला अदालतले उनलाई सफाइ दिएको हो । 

सफाई पछि डा यादवले संक्षिप्त प्रतिक्रिया दिदै ढिलै भएपनि आफूले न्याय पाएको बताउँदै  नियमित काममा फर्कने बताए । सीआइबीले  ७० जना चिकित्सकलाई नक्कली आरोपमा पक्राउ गरि मुद्दा चलाएको छ ।
डा. यादव बाहेक बीरगञ्जका ८ जना चिकित्सकले यसअघि नै सफाई पाइसकेका छन् । 

Last modified on 2017-07-06 15:37:12

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts