निशुल्क औषधि आपुर्तिको लागि समिति गठन 

What's This?


Download our app to get more features

काठमाण्डौं १३, पुस । स्वास्थ्य मन्त्रालयले अत्यावश्यक निशुल्क औषधिको आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन डा. किरण रेग्मीको संयोजकत्वमा तीन सदस्यीय केन्द्रीय निर्देशन एवं समन्वय समिति गठन गरेको छ ।

समितिका सदस्यहरुमा मन्त्रालयको आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.भीम तिंकरी र पुर्नजागरण महाशाखाका निर्देशक मोहमद दाउद रहेका छन् । समितिलाई औषधि आपूर्ति व्यवस्थापन र वितरण प्रभावकारी बनाउन तथा कमीकमजोरी हुन नदिनका लागि के कसो गर्न सकिन्छ त्यसबारे अध्ययन गर्ने जिम्मेवारी पनि दिइएको छ ।

समितिले क्षेत्रीय स्तरमा क्षेत्रीय निर्देशकको संयोजकत्वमा निर्देशकले तोके बमोजिमको अन्य समिति गठन गर्ने छ । समितिले आफ्नो क्षेत्रमा अत्यावश्यक निशुल्क औषधिको अवस्था अनुगमन गर्ने, वितरणलाई प्रभावकारी बनाउने र त्यसको प्रतिवेदन पन्ध्र पन्ध्र दिनमा मन्त्रालयलाई दिन निर्देशन दिइएको छ ।

Last modified on 2017-07-06 15:37:31

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts