राति ढिलो खाने बानीले हुन्छ नोक्सान
तपाईले आफ्नो घरमा बुढापाखाले भनेको सुन्नुभयो होला, राति ८ बजेपछि खानाले स्वास्थ्यमा हानी पु¥याउन सक्छ ।
गाउँघरतीर अहिले पनि राति ८ बजे वा त्यो भन्दा पहिला नै खाना खाने चलन छ । तर, शहरी जीवनशैली यो भन्दा पुरै फरक छ । शहरतिर सामान्यतया राति ढिलोगरी खाना खाने चलन छ ।
राति ढिलो खानु कसैको बाध्यता हुन सक्छ, अफिसको कामले घर ढिलो पुग्नु । तर, कतिको बानी नै भइसकेको छ राति ढिलो गरी खाना खाने ।
यदी तपाईपनि अबेर राति अर्थात् १० देखि १२ बजे विचको समयमा खाना खानेहरु मध्येमा हुनुहुन्छ भने तपाईलाई भन्न चाहन्छौँ, राति धेरै ढिलो खाना खानुले स्वास्थ्यको लागि नोक्सान हुन सक्छ ।
यसले मोटो हुने खतरा बढेर जान्छ । प्रायः मान्छे मोटो हुनुको कारणमध्ये प्रमुख कारणमा राति ढिलो खानुलाई पनि लिइएको छ ।
सामान्यतया मानिसहरु 'नाइट इटिंग सिंड्रोम'बाट पीडीत हुन्छन् उनीहरु खाना खाने समय अत्यधिक मात्रामा कार्बोहाइड्रेट लिने गर्छन् । साथै उनीहरुको खानामा चिल्लो वा बोसोको मात्रा पनि अत्यधिक हुन्छ ।
अबेर राति खाना खानेले थोरै मात्रामा खाना खाएपनि उनीहरुको खानामा भएको बोसो र कार्वोेहाइड्रेट्सले तौल बढाउने काम गर्छ । त्यतिमात्र नभई अवेर राति खाना खानेहरुमा निद्रा नलाग्ने समस्या पनि हुन्छ ।
अबेर राति खाना खानेहरुमा खानपिन सँग सम्बन्धीत अन्य अनियमितता पनि आउन सक्छ । यस अवस्थामा निद्रा सँग सम्बन्धीत समस्याहरु हुन सक्छ ।
अबेर राति खाना खानेहरुमा चिड़चिड़ापनको समस्या पनि आउन सक्छ ।
यदि अबेर राति खाना खानु तपाईको बाध्यता छ भने खानामा अत्यधिक मात्रामा रेसादार (फाइवर) लाई समावेश गराउनु होस् । तपाई आफ्नो खानामा हरियो तरकारी र सलादलाई प्राथमिकतामा राखि खान सक्नु हुन्छ ।
अबेर राति खाना खानु नुक्सानदेह छ भने खाना सबेरै खाएर पनि तपाईलाई नुक्सान हुन सक्छ । त्यसैले खाना खाने समय सहि हुनु पर्छ । निमानुसार तपाई साँझको समय केहि सामान्य स्वस्थ खाजा खान सक्नु हुन्छ ।
सकभर जंंक फूड नखानु नै उत्तम हुन्छ । राति सहि समयमा खाना खानुको एक फाइदा यो पनि हो तपाई बेलुका खाना खाएर वाँक पनि गर्न सक्नु हुन्छ ।
प्रायःजसो हामी खाना खाने वितिकै ओछ्यानमा पल्टन्छौँ जसले गर्दा पाचन प्रक्रियामा असर पुग्छ । त्यसैले प्रयास गरौँ खाना खाने समय सहि होस र त्यसले तपाईलाई पूर्ण रुपमा पोषण प्रदान गर्नुका साथै स्वस्थ पनि राखोस् ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>