स्वास्थ्य र शिक्षाको लगानी उपयोगविहीन : मन्त्री थापा 

What's This?


Download our app to get more features

मकवानपुर १२, पुस । स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य र शिक्षामा राज्यले गरेको लगानी उपयोगविहीन भएको बताएका छन् ।

नेपाली काँग्रेस मकवानपुरले ४ नं क्षेत्रमा आयोजना गरेको आमसभालाई मंगलवार मनहरिमा सम्बोधन गर्दै उनले सरकारले शिक्षा र स्वास्थ्यमा सबैभन्दा बढी लगानी गरेपनि उपलब्धि शून्य भएको बताएका हुन् । लगानीलाई उपयोगमा ल्याउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको उनले बताए ।

मन्त्री थापाले पुस महिनाभित्रमा स्वास्थ्यमा बीमाको व्यवस्था गर्नका लागि संसदमा पेस गर्ने तयारी भएको जानकारी गराए । सबै नेपाली नागरिकको स्वास्थ्यमा बीमा गर्ने गरी काम गरिरहेको र संसदमा पेस गरेर यसलाई कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा मन्त्रालय लागेको उनले बताए ।रासस 

Last modified on 2017-07-06 16:14:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts