गण्डकी मेडिकल कलेज तीन हप्तादेखि बन्द, एकसय चिकित्सक आन्दोलित



Download our app to get more features

पोखरा, १२ पुस । पोखरास्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक तथा प्राध्यापकहरु विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका कारण अस्पतालको सेवा प्रभावित भएको छ।

चार सुत्रीय माग राखेर  २१ दिनदेखि आन्दोलन हुँदा अस्पतालको ओपीडी र शैक्षिक कार्यक्रम बन्द भएका छन । 

आन्दोलनरत चिकित्सकहरुका मागहरु
१. बिनाकारण कलेजबाट निस्कासितत दुईजना चिकित्सकलाई पुनर्वाहाली गर्नुपर्ने
२.करारको चिकित्सकहरुलाई प्रचलित श्रम ऐन अनुरुप स्थाइ गरिनुपर्ने
३. समय सापेक्ष तलव वृद्धि गरिनुपर्ने 
४. महिना सकिएको ७ गतेभित्र तलब पाइसक्नुपर्ने । 

आन्दोलनका कारण अस्पताल बन्द भएका कारण दैनिक करिव ६ सय बिरामी सेवा लिनबाट बन्चित भएका छन भने विध्यार्थीहरुको पठनपाठन पनि ठप्प भएको छ । यसबाट एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विध्यार्थीको परिक्षामा पनि बाधा पुग्ने देखिएको छ ।

एमवीवीएस, वीडीएस लगायत अन्य प्यारामेडिकल विषय पढाइ हुने गण्डकी मेडिकल कलेजमा एकसय भन्दा बढी चिकित्सक कार्यरत छन ।

Last modified on 2017-07-06 16:16:55

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts