अबुधावीमा नेपालीका लागि निशुल्क स्वास्थ्य शिविर

What's This?


Download our app to get more features

काठमाण्डौं १२ पुस । रोजगारीका क्रममा युएईमा कार्यरत नेपालीलाई लक्षित गरी युनिभर्सल अस्पताल आवुधावीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । आउँदो पुस १४ बिहीवारदेखी २३ गते शनिबारसम्म दुवईमा रहेका नेपालीका लागि अस्पतालले १० दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो ।

शिविरमा नाक, कान, घाँटी र आँखाको परिक्षण गरिने छ । त्यस्तै रगत, पिसाव तथा उच्च रक्तचाप, युरिक एसिड तथा सुगरका बिरामीको स्वास्थ्य परिक्षण गरिने छ । साथै मानसिक समस्याको पनि निःशुल्क परीक्षण गरिने अस्पतालले सूचनामार्फत जानकारी गराएको हो ।

आबुधाबीस्थित युनिभर्सल अस्पतालले डेरा दुवईमा रहेको आफ्नो शाखा गल्फ मेडिकल सेण्टरको स्थानीय निगरानीमा अर्घाखाँची सम्पर्क समितिसँग समन्वय गरेर यस क्षेत्रका नेपालीका लागि स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

समितीले यहाँ रहेका सबै नेपालीलाई स्वास्थ्य परिक्षण शिविरमा उपस्थित भएर स्वास्थ्य जाँच गराउन अनुरोध गरेको छ । युनिभर्सल अस्पतालले तिहार र छठ पर्वको अवसर पारेर यसअघि पनि दुई पटक स्वास्थ्य शिविर चलाएको थियो ।
नेपाली कामदारमा विभिन्न खालका स्वास्थ्य समस्या देखिएकाले शिविर सञ्चालन गरेर सेवा दिइएको अस्पतालका प्रबन्ध निर्देशक डा. शहवीर नेल्लिक्डेले बताए । स्वास्थ्यमा देखिएका समस्याको समाधान समयमै गर्न निःशुल्क स्वास्थ्य शिविर चलाएको अस्पतालले जनाएको छ ।

Last modified on 2017-07-06 16:19:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts