क्यान्सर पीडितलाई आर्थिक सहयोग

What's This?


Download our app to get more features

जिब्रोको क्यान्सरबाट पीडित तेक्वान्दो खेलाडी अमर लामाका बुबा माईला तमाङलाई नेप्लिज तेकन्दो एकेडेमीले नगद रु ८० हजार प्रदान गरेको छ । 

आर्थिक अभावका कारण उपचार गर्न कठिन भएपछि थोरै भएपनि सहयोग जुटाएर प्रदान गरेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्काले बताउनुभयो ।  

इभरग्रीन ग्रुप तथा साई समिति बेइजिङस्टोक, बेलायत बस्दै आउनुभएकी सुधा गुरुङ, धिरज गुरुङ, बाल गिताञ्जली स्कुल र नेपाल तेक्वान्दो एकेडेमीका खेलाडी तथा प्रशिक्षकहरुबाट रकम संकलन गरिएको खड्काले जानकारी दिनुभयो । 

करिब ६ महिना देखि जिब्रोको क्यान्सरबाट पीडित तमाङ १ महिनादेखि त्रिवि शिक्षण अस्पतालमा उपचार भै रहेको छ । 
 

Last modified on 2017-07-06 16:25:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts