भान्सामै पाइने केही ‘प्राकृतिक एन्टिवायोटिक’
हिजोआज मानिस त्यती बलिया छैनन्, जती पहिले हुन्थे । पहिलेका मानिसले जस्तो स्वस्थवद्र्धक खानपान आजकल छैन । जसले गर्दा हाम्रो शरीर मौसम परिर्वतन सँगै कुनै न कुनै संक्रमणको शिकार हुन्छ । हाम्रो रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनजान्छ । जसलाई नियन्त्रण गर्न कुनै न कुनै डाक्टरी औषधि सेवन गर्नुपर्ने हुन्छ ।
एन्टीवायोटिक किन की यसको प्रयोगबाट शरीरलाई फाइदा पुग्नुको साथै कुनै पनि प्रकारको हानी गर्दैन ।
हाम्रो घर आँगनका साथै भान्सामा यस्ता धेरै जडिबुटी, औषधि तथा कैयौं प्रकारका दवाई रहेका छन् जुन डाक्टरी एन्टिवायोटिकभन्दा लाभप्रद छन् । प्राकृतिक रुपमा टीबी, टाइफाइड जस्ता बिरामीलाई निको पार्ने गुण यीनमा छ ।
यस्ता औषधि हामीले सहजरुपमा पाउन सक्छौं ।
बेसार
बेसार एक प्राकृतिक एन्टिवायोटिक हो भन्ने सबैलाई थाहा छ । यसमा किटाणुको नष्ट गर्ने क्षमता हुन्छ । यही कारण शरीरमा रहेको कुनै पनि प्रकारको रोगका लागि लाभकारी सावित हुन्छ । चोटपटक लागेको, पोलेको आदिमा दुधमा बेसार मिसाएर पिएमा आराम प्रदान गर्नुको साथै घाँउ छिटो निको हुन्छ । काचो बेसार पिसेर महिनाको एक पटक पुरै शरीरमा लगाउनाले छाला सम्बन्धी रोगबाट बच्न सकिन्छ ।
लसुन
लसुनलाई एक एन्टिवायाटिक औषधिको रुपमा परापुर्व कालदेखि प्रयोग गरिँदै आएको छ । यसमा एन्टिफंगल तथा एन्टिभाइरल तत्व रहेको हुन्छ । यसको साथै लसुनमा धेरै प्रकारका भिटामिन, न्यूटिएट्स तथा मिनरल पनि पाउन सकिन्छ । जसले शरीरलाई फाइदा दिन्छ । यदि नियमितरुपमा २÷३ बटा सेवन गरेमा निमोािया, इन्फ्लुएन्जा, हेलिकोबोक्ट तथा अन्य संक्रमणजन्य रोगसँग लड्न सहयोग गर्छ ।
मह
प्राकृतिक चिकित्सामा महलाई एन्टिवायोटिकका श्रेणीमा राखिएको छ । यसमा एन्टिसप्टीक, एन्टी इन्फ्लेमैटोरी तथा एन्टीमाइक्रोबियल गुण समेत रहेको हुन्छ । जसले शरीरलाई मजबुद बनाएर राख्छ । अमेरीकामा गरिएको एक अनुसन्धान अनुसार महमा इन्फेक्सनमा धेरै स्तरमा लड्ने क्षमता रहेको हुन्छ । शरीरलाई स्वस्थ राख्नुको साथै छालाको कोमल तथा सुन्दर समेत बनाउने गर्छ ।
अदुवा
अदुवामा प्राकृतिक एन्टिवायेटिक गुण भरपुर मात्रामा पाउन सकिन्छ । जसका कारण खोकी, जाडो, श्वासप्रश्वासको समस्या, संक्रमण तथा अन्य व्याक्टोरीयाबाट हुने रोगबाट बच्न सहयोग गर्छ । यसको सेवन चिया वा अन्य परिकारमा मिसाएर सहजै रुपका सेवन गर्न सकिन्छ ।
नीम
नीम गुणको खानी हो, यो सबैलाई थाहा भएकै कुरा हो । यसको पात, बोक्रा तथा हागा समेत शरीरको लागि धेरै फाइदाजनक मानिन्छ । यो एउटा यस्तो विरुवा हो जो वर्षौसम्म मानिसलाई लाभ दिइनै रहन्छ । छाला सम्बन्धी कुनै पनि समस्यामा यसको पातलाई पिसेर लेप बनाइ शरीरमा लगाउदा समस्या हराएर जान्छ । नीमको पातलाई उमालेर नुहाउँनाले छाला सम्बन्धी समस्या दखिदैन । यसको डाठले दाँत सफ गर्नाले मुख सम्बन्धी संक्रमणबाट मुक्ति पाउन सकिन्छ ।
Reporter
View Other Stories by Author >>