आन्द्रामा समस्या देखिएपछि एमाले नेता अधिकारी आइसियुमा भर्ना
काठमाण्डौं, १० पुष ।नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आन्द्रामा गंभीर समस्या देखिएपछि अस्पताल भर्ना गरीएको छ ।
गत शुक्रबार पेटमा समस्या देखियपछि बयोधा अस्पताल भर्ना गरीएको र अहिले आन्द्रामा गम्भीर समस्या देखिएपछि आइसियुमा राखिएको हो ।
अधिकारीको उपचारमा डा.युवराज शर्माको टोलि खटिएको अस्पतालले बताएको छ । डा. युवराज शर्माका अनुसार अधिकारीको आन्द्रामा घाउ देखिएपछि शल्यक्रिया गर्नुपर्ने अवस्था आएको तर अन्य स्वास्थ्य समस्या दम, उच्च रक्तचाप र मुुटुको समस्या भएकोले अन्य वैकल्पिक उपचारको खोजी भइरहेको छ ।
Last modified on 2017-07-06 16:29:21
Reporter
View Other Stories by Author >>