घ्यूकुमारीको प्रयोगले अनेक फाइदा



Download our app to get more features

रोगबाट टाँढा राख्न र सुन्दर छाला कसलाई चाहिदैँन र ! तर, जाडोको मौसम आउनासाथ छालाको मुलायमपना हराएर जान्छ ।

यस अवस्थामा खानपानमा सुधार गर्ने र आफ्नो दिनचर्यामा घ्यूकुमारीलाई समावेश गरी तपाई आफ्नो स्वास्थ्य सँग सम्बन्धित अनेक समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । घ्यूकुमारीमा भिटामिन ए, सी, ई, फलिक एसिड, बी–१, बी–२, बी–३, बी–६ र बी–१२ प्रचूर मात्रामा पाइन्छ ।

त्यतिमात्र नभई यसमा क्याल्शियम, म्यागनेशियम, जिन्क, क्रोमियम, सेलेनियम, सोडियम, आइरन र पोटाशियम जस्ता खनिज पदार्थ पनि पाइन्छ । यतिधेरै पोषक तत्व संम्भवतः अन्य कुनै फल र तरकारीमा पाईदैन ।

अब जानाँै घ्यूकुमारीले हाम्रो स्वास्थ्यमा के–के फाइदा पु¥याउँछ ...

खोकी हुदैँन

जाडोमा रुघाखोकी चाँडै लाग्ने हुन्छ । यस्तो बेलामा घ्यूकुमारीको पातलाई भूटेर आधा  चम्मच रस तातोपानीमा मिसाएर खानाले रुघाखोकी चाडै निको हुन्छ ।

छालाको लागि फाइदा

यदी तपाइको छाला जाडो मौसममा सुख्खा हुन्छ भने घ्यूकुमारीको जूस छालामा लगाउन सक्नुहुन्छ । यसले ड्राइनेस, दाग जस्ता समस्याबाट छुट्कारा पाउन सक्नु हुन्छ ।

कब्जियतमा राहत 

जाडोको मौसमा प्राय ः जसो मानिसमा कब्जियतको समस्या हुने गर्छ । यस्तो समस्या भएमा राति सुत्नु भन्दा पहिले घ्यूकुमारीको जूस पिउनाले पेटमा आराम हुन्छ र कब्जियतको समस्या पनि समाधान भएर जान्छ ।

कपाल कालो र मुलायम 

कपाल फुल्नु र ड्राई हुनु सामान्य कुरा हो । यदी कपालमा घ्यूकुमारीको जूस लगाउने हो भने कपाल कालो र मुलायम हुन्छ । तर, ध्यान राख्नुस् कपालमा घ्यूकुमारीको जूस १० दिनको अंन्तरालमा मात्र लगाउनु पर्छ । यदी कपाल जडैदेखि झर्छ भने घ्यूकुमारीकको जूस लगाउनाले त्यो समस्यापनि समाधान हुन्छ र कपाल पनि आउन थाल्छ ।

कोलेस्ट्रोल घटाउँछ

कोलेस्ट्रोलको समस्या छ भने नियमित घ्यूकुमारीको जूस पिउनु राम्रो हुन्छ । घ्यूकुमारीले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रिण गर्नमा मद्दत गर्छ । घ्यूकुमारीमा बीटा सिस्टेरोल नामक तत्व पाइन्छ, जसले कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।

टाइफाइड 

घ्यूकुमारी टाइफाइड जस्तो खतरनाक रोगलाई निको पार्नमा रामवाण औषधि हो । १५ ग्राम घ्यूकुमारीको रस बिहान बेलुका पिउनाले टाइफाइडमा राहत हुन्छ ।

तौल घटाउँछ  

१० ग्राम घ्यूकुमारीको रसमा मेथीको ताजा पातलाई पिँधेर मिसाउने र दैनिक खाने । यसो नियमित खानाले तौल तिव्र गतिमा घट्दै जान्छ ।


(एजेन्सीको सहयोगमा)    
 

Last modified on 2016-12-25 08:47:07

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

1 Comments


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts