जाडोमा बेबी सफ्ट छालाको लागि अपनाउनुस यि टिप्स
जाडोको मौसम सुरु भएसँगै हातहरु सुख्खा र सेतो देखिन थाल्छ । पटक–पटक क्रीम लगाउनाले पनि छालामा मुलायमपना आउँदैन र फेरि केहि समयमै त्सस्तै अवस्था हुन्छ ।
यस मौसममा छालालाई कोमल बनाई राख्नलाई केहि घरेलू उपाय तपाईका लागि ,अपनाएर हेर्नुस्......
क्रीम भन्दा राम्रो तेल
जाडो मौसममा तपाईले जति क्रीम लगाएपनि छालाको रूखोपना जाँदैन । यस्तोमा तपाई क्रीमको साटो तेल लगाउन सक्नु हुन्छ । राम्रो नतिजा पाउनका लागि तेललाई तताएर लगाउन सकिन्छ । नरिवलको तेल, बादामको तेल प्रयोग गर्न सक्नु हुन्छ । तेल लगाउनाले नङलाई पनि फाइदा हुन्छ ।
ग्लिसिरीन
जाडोमा छालामा चिलाउने हुन्छ । यस अवस्थामा गुलाबमा ग्लिसिरीन मिसाएर हाथ र खुट्टा तथा शरीरमा लगाउनाले चिलाउने समस्याबाट छुट्कारा पाउन सकिन्छ । साथै यसले अनुहारमा चम्किालो र मुलायम हुन्छ ।
सुन्तलाको बोक्रा
ताजा सुन्तलाको बोक्रालाई पिँधेर हाथ र खुट्टामा लगाउनाले छाला कोमल र सुन्दर हुन्छ ।
मह
जाडोमा मह कुनै औषधि भन्दा कम हुँदैन । मह खानाले ईम्युन सिस्टम मजबूत हुन्छ ,त्यही छालामा लगाउनाले छाला कोमल बन्छ । राम्रो नतिजाका लागि यसमा बादामको तेल मिसाएर लगाउन सक्नुहुन्छ ।
हातमा दाग छ भने
हातमा यदी दाग छ भने कागती सबै भन्दा राम्रो हुन्छ । कागतिको बोक्रालाई पिँधेर विस्तारै विस्तारै रगड़्नाले दाग हटाउन सकिन्छ ।
(एजेन्सीको सहयोग)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>