अपाङ्गता भएका व्यक्तिलाई क्षमताअनुसारको रोजगारी दिनुपर्ने



Download our app to get more features

काठमाडौँ, ९ पुस । नेपाल सुस्तश्रवण सङ्घले सुस्तश्रवण भएका व्यक्तिलाई क्षमताअनुसारको रोजगारीको व्यवस्था गर्नुपर्ने माग गरेको छ । 

सङ्घले काठमाडौँमा शुक्रबार पत्रकार सम्मेलन गरी राज्यले सुस्तश्रवण भएका व्यक्तिलाई बेवास्ता गरेको भन्दै विभिन्न सीपमूलक तालिमसँगै देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने माग गरेको हो । 

सङ्घले महिला, बालबालिका तथा समाजकल्याणमा छलफलको क्रममा रहेको अपाङ्गतासम्बन्धी विधेयकमा अपाङ्गताको वर्गीकरणमा सुनुवाइसम्बन्धी अपाङ्गतामा सुस्तश्रवणको परिभाषामा एउटा कान धेरै नसुन्ने र एउटा कम सुन्ने र दुवै नसुन्ने समस्या भएकाको लागि सरकारले अन्तर्रा्ष्ट्रियस्तर र मापदण्डबमोजिम परिभाषित गर्नुपर्ने माग गरेको छ । 

सुस्तश्रवण हुनुभएका सुजना महर्जनले शारीरिक रुपमा अपाङ्गता भएका कारण दैनिकी चलाउन पनि समस्या भएको दुःखेसो गरे ।  रासस
 

Last modified on 2017-07-07 17:27:57

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts