कृत्रिम आँखा बनाउन वैज्ञानिकहरु सफल
एजेन्सी । दृष्टिबिहिनहरुका लागी कृत्रिम बायोनिक आँखा बनाउन वैज्ञानिकहरु सफल भएका छन् ।
बेलायतको नेसनल हेल्थ सर्भिसले आर्गुस-२ नामक कृत्रिम बायोनिक आँखा परिक्षण गरी प्रयोग गर्न स्वीकृति दिएपछि वैज्ञानिकहरुले सफल भएको बताएका हुन् ।
डेलि मेल अनलाइनका अनुसार आर्गुस-२ नामक कृत्रिम बायोनिक आँखा दृष्टिबिहिनहरुको रेटिनाको पछाडीको भागमा चिप जडान गरी प्रयोग गर्न सकिन्छ । कृत्रिम चिप कम्प्युटर प्रणालीसँग जोडिएको छ ।
विशेष प्रकारको क्यामरा जडित चस्माको माध्यमबाट आएको दृष्य विद्युतिय तरंग मार्फत रेटिना पछाडीको चिपमा पुगेपछि देख्न सकिने नेसनल हेल्थ सर्भिसले उल्लेख गरेको छ ।
रोयल मेनचेष्टर अस्पतालका विशेषज्ञहरुले यो मेशिन विशेषगरी रेटिनाइटिसको समस्या भएको आँखाको विरामीहरुलाई प्रभावकारी हुने बताएका छन् ।
आर्गुस-२ नाम गरेको यो मेशिनको चिपमा दुई थरीको इलेक्ट्रोड जडान गरीएको छ । जसमा पहिलोले अगाडीको दृष्य कैद गरेर रेटिनाको कोषहरुमा पुर्याउछ भने अर्कोले मस्तिष्कसम्म पठाउने काम गर्दछ । जसबाट आँखाको सामुन्यको दृष्यलाई सजिलै देख्न सकिन्छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>