४० स्वास्थ्य संस्थामा नयाँ भवन बन्दै



Download our app to get more features

बैतडी, ८ मंसिर । सुदूरपश्चिमका ४० स्वास्थ्य संस्थामा नयाँ भवन निर्माण हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयले भनव निर्माण आवश्यक्ताको पहिचान गरी प्राथमिकतामा परेका सुदूपश्चिमका नौ जिल्लाका ४० स्वास्थ्य संस्थालाई भवन निर्माण स्वीकृति दिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनगढीका सूचना अधिकारी बन्दना भट्टले जानकारी दिइन् । 

मन्त्रालयले जिल्ला अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रसहित डाक्टर आवास निर्माण गर्न जिल्ला र संस्था छनोट गरेको हो ।

ती ४० भनवमध्ये एउटा स्टाफ क्वार्टर र एउटा अनमी क्वार्टर पनि बन्नेछन् । यस्तै, एउटा प्राथमिक स्वास्थ्य केन्द्र भवन, चार बर्थिङ युनिट र ३३ स्वास्थ्य चौकीका नयाँ भवन निर्माण हुनेछन् ।

सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका सूचना अधिकारी बन्दना भट्टका अनुसार सबैभन्दा बढी बैतडीमा १२ नयाँ भवन निर्माण हुनेछन् ।

बैतडीको आमचौरा, शिवलिंग, सिगास, पञ्चेश्वर, रोडिदेवल, विशालपुर र गिरेगडा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण हुुनेछन् भने शिखरपुर, महारुद्र, गरुखोला र वासुलिङ स्वास्थ्यचौकीको नयाँ भवन टाईप १ मोडेलमा बन्नेछन् ।


(आजको नयाँ पत्रिका दैनिकमा समाचार)
 

Last modified on 2017-07-09 13:58:27

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts