“चिकनगुनिया रोगका कारण अब कसैको ज्यान जाँदैन”
लामखुट्टेको टोकाइबाट हुने ज्यानजाने रोगहरुमध्ये एक हो चिकनगुनिया । चिकनगुनिया ज्वरोका कारण अब कसैको पनि ज्यान जाँदैन । किनभने, अमेरिकाका अध्ययनकर्ताहरुले चिकनगुनिया ज्वरोका लागि पहिलो भ्याक्सिन विकास गरिसकेका छन् ।
अमेरिकाको यूनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्चका अध्ययनकर्ताहरुले यो भ्याक्सिनको विकास गरेका छन् । अध्ययनकर्ताहरुका रिपोर्ट जेनरल एण्ड नेचुरल मेडिसिनमा प्रकाशित गरिएको छ । यो संसारकै पहिलो चिकनगुनिया भ्याक्सिन हो ।
भ्याक्सिनको सफल परीक्षण पश्चात अध्ययनकर्ताहरुले भनेका छन्, यो भ्याक्सिनले कीटाणुहरुमा मात्र असर गर्छ । यो मानिसका लागि सुरक्षित छ र यसले मानिसको स्वास्थ्यमा कुनै नराम्रो असर पार्दैन ।
चिकनगुनिया ज्वरोमा मानिसकोे इम्यून र प्लेटेलेट्स तेजिलो गतिमा कम हुन थाल्छ । जसलाई यो विकसित भ्याक्सिनले रोगिको इम्यूनलाई जोगाउँछ ।
चिकनगुनिया भ्याक्सिन प्रभावशाली हुनुको साथ–साथै यसले लगभग नौ–दस महीनासम्म आफ्नो प्रभावलाई बनाई राख्छ र लामखुट्टेबाट हुने चिकनगुनिया भाइरसबाट सुरक्षा प्रदान गर्छ ।
चिकनगुनिया लामखुट्टेको टोकाइबाट हुने रोग हो । र यस रोगमा ज्वरोको साथ–साथै जोर्नीहरुमा पनि दुखाई सुरु हुन्छ । डेंगू जस्तै यसमा पनि शरीरमा रातो दाना र दाग बन्ने गर्छ ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>