पूर्व स्वास्थ्य सहसचिवद्वारा विद्यालयलाई १० लाखको जग्गादान

What's This?


Download our app to get more features

गौशाला, ७ पुस । स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा.गरिबदास ठाकुरले आज महोत्तरी जिल्लाको धीरापुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई रु १० लाख मूल्य बराबरको जग्गादान गरेका छन् ।
 
विद्यालयमा भवन तथा खेल मैदानको लागि जग्गा अभाव रहेको बेला विद्यालय प्रशासनको आग्रहमा डा.ठाकुरले सो विद्यालयलाई चार कट्ठा जग्गादान गरेको स्थानीय रामलोचन ठाकुरले बताए ।
 
सो जग्गामा विद्यालय प्रशासनले केही दिनभित्रै भवन निर्माण गर्ने तथा बाँकी जग्गा खेल मैदानमा प्रयोग गर्ने जनाइएको छ ।

हालसालै स्वास्थ्य मन्त्रालयको सहसचिवबाट अवकाश प्राप्त गरेका डा ठाकुरले आफ्नो जन्मभूमि एवम् पैतृक गाउँको जमिन विद्यालयलाई प्रदान गरेर सेवा गर्न पाउँदा निक्कै खुसी लागेको बताए ।

-रासस

Last modified on 2017-07-07 17:35:16

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts