सभासद् चन्द बैतडीमा स्वास्थ्य बिमा गर्ने पहिलो व्यक्ति

What's This?


Download our app to get more features

बैतडी, ७ पुस । जिल्लामा स्वास्थ्य बिमा गर्ने पहिलो व्यक्ति नेपाली काँग्रेसका नेता तथा बैतडी क्षेत्र नं २ का सांसद नरबहादुर चन्द बनेका छन् ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आजदेखि सुरु गरेको सो बिमा दर्ता शुभारम्भका क्रममा उनले आफ्नै बिमा गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक गुणराज अवस्थीले जानकारी दिएका हुन् । 

सांसद चन्दले सबैमा स्वास्थ्य बिमा गर्न आग्रह पनि गरेका छन् । डा.लोहनीले गरिब नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन स्वास्थ्य बिमा ल्याइएको बताए । 

कैलाली, बागलुङ र इलाममा सञ्चालन गरिएको यो कार्यक्रम सुदूरपश्चिमका बैतडी र अछामसहित २५ जिल्लामा विस्तार गरिने बताएका छन् ।
स्वास्थ्य बिमाका लागि पाँचजनाको परिवारले रु २ हजार ५ सय जम्मा गर्नुपर्ने र एक वर्षसम्म रु ५० हजार बराबरको उपचार निःशुल्क हुने व्यवस्था छ तर पाँच जनाभन्दा बढी परिवारका सदस्य भए रु ४ सय २५ का दरले थप शुल्क तिर्नुपर्ने छ ।

जिल्लामा स्वास्थ्य बिमा सञ्चालनका लागि ७० जना दर्ता कर्मचारी छनोट गरिएको र उनीहरुले प्रत्येकको घरदैलोमा गएर यसबारे जानकारी गराएर सदस्यता वितरण गर्ने आयोजक संस्थाले जनाएको छ । पुस महिनाभरि दर्ता भएकाहरुले फागुनदेखि स्वास्थ्य बिमा सेवा पाउने भएका छन् । 
-रासस 

Last modified on 2017-07-12 11:31:52

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts