स्पार्क नेचुरोप्याथी अस्पतालले विराटनगरमा निशुल्क शिविर गर्ने



Download our app to get more features

काठमाण्डौं, ७ पुष । स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटल विराटनगरले निःशुल्क हाड जोर्नी तथा नशारोगसम्बन्धी शिविर गर्ने भएको छ । 

आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा हस्पिटलले पुष ९ र १० गते शिविर सञ्चालन गर्न लागेको अस्पतालका अध्यक्ष रुपेश अधिकारीले जानकारी दिनुभयो ।

 विगत दुई दशकदेखि प्राकृतिक चिकित्सा र फिजियोथेरापीका माध्यमबाट उत्कृष्ट सेवा दिन सफल स्पार्क हेल्थ होम अस्पताल काठमाण्डौंका प्राकृतिक चिकित्सा तथा फिजियोथेरापी विशेषज्ञ चिकित्सकहरुद्धारा निःशुल्क हाडजोर्नी तथा नशारोग सम्बन्धी जाँच गरिने छ । 

शिविरमा प्यारालाइसिस(मुख बाङ्गिने, शरीरको एक वा दुवै भाग नचल्ने), ढाड, कम्मर, गर्धन दुख्ने, डिस्क प्रोल्याप्स, हड्डी खिइएको र नशा च्यापिएर पोल्ने, झम्झमायने, वाथ( आर्थराइटिस, घुँडा, जोर्नीहरु दुख्ने, युरिक एसिड बढेको), फिजियोथेरापी र रिह्याबिलिटेसन चाहिएका बिरामीहरुको परिक्षण गरिने अध्यक्ष अधिकारीले बताए । 

आफ्नै प्रागंणमा हुने शिविर बिहान ९ देखि बेलुका ४ बजेसम्म रहने हस्पिटलले जनाएको छ ।

Last modified on 2017-07-12 11:34:28

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. Golden oppurtunity 2 related patient.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts