डिन कार्यालयको तालाबन्दी खुलाउन पहल
काठमाडौँ, ७ पुस । शिक्षामन्त्री धनिराम पौडेलले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन कार्यालयमा जारी तालाबन्दी खुलाउन पहल गरेका छन् ।
चिकित्सक डा गोविन्द केसीको मागपछि वरिष्ठताका आधारमा नवनियुक्त डिन जगदीश अग्रवालको राजीनामाको माग गर्दै असन्तुष्टको समूहले तालाबन्दी जारी राखेको छ ।
मन्त्री पौडेलले आइओएमका डिन अग्रवाललाई बुधबार राति आफ्नो निवासमा बोलाएर असन्तुष्ट पक्षको चित्त बुझाएर तालाबन्दी खोल्ने वातावरण सिर्जना गर्न निर्देशन दिएका छन् । उनले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन डाक्टर गोविन्द केसीको समेत सहयोग खोजिने बताए ।
डा. सुरेश उप्रेती संयोजकत्वको सङ्घर्ष समितिले डिन अग्रवालले राजीनामा नदिएसम्म तालाबन्दी नखोल्ने अडान लिएको छ । रासस
Last modified on 2017-07-07 17:36:27
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>