हरीयो खुर्सानी खानुको ७ फाइदा...



Download our app to get more features

हरीयो खुर्सानीमा धरै प्रकारका पोषक तत्वहरु जस्तै ः भिटामिन ए, बी ६, सी, आइरन, कपर, पोटाशियम, प्रोटीन र कार्बोहाइड्रेट पाइन्छ । यतिमात्र होइन यसमा बिटा क्यारोटीन, क्रीप्टोक्सान्थिन, लुटेन–जकक्सन्थिन आदि स्वास्थ्यवर्धक गुणहरु पनि पाईन्छ ।

उसो त  सामान्यतया हरीयो खुर्सानीको प्रयोग खानाको स्वाद बढ़ाउनका लागि गरिन्छ । तर, हालै गरिएको एक अध्ययनमा हरीयो खुर्सानी खानाले स्वास्थ्य सम्बन्धी समस्याहरुबाट छुट्कारा पाउन सकिन्छ ।

हरीयो खुर्सानी खानुको ७ फाइदा...

१. हरीयो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सी ले अन्य भिटामिनहरुलाई शरीरमा राम्रो सँग अवशोषित गर्नमा मद्दत गर्छ ।

२. हरीयो खुर्सानी एन्टी–अक्सीडेन्टको राम्रो स्रोत हो । हरीयो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा पाइन्छ , जसले पाचन पक्रियामा कुनै समस्या हुन दिदैन ।

३. भिटामिन ए ले भरपूर हरीयो खुर्सानी आँखा र छालाको लागि पनि धेरै नै फाइदा जनक हुन्छ ।

४. हरीयो खुर्सानीको नियमित सेवनले ब्लड शुगरको मात्रालाई कम गर्नमा मद्दत गर्छ ।

५. हरीयो खुर्सानीलाई मूड ठिक बनाउने रुपमा पनि लिने गरिन्छ । यसले मस्तिष्कमा एन्डोर्फिनको क्रियालाई सुचारु गराउँछ जसले हाम्रो मूड धेरै समयसम्म ठिक र प्रसन्न  रहन्छ । 

६. फोक्सोको क्यान्सरबाट बचाउनमा खुर्सानीको सेवन गर्नाले मद्दत गर्छ । 

७. हरीयो खुर्सानीमा एन्टी–व्याक्टेरियल गुण हुन्छ , जसले गर्दा शरीर व्याक्टेरियारहित हुन्छ र यसले इम्यून सिस्टमलाई पनि बलियो बनाई राख्नमा मद्दत गर्छ ।


(एजेन्सीको सहयोगमा)
 

Last modified on 2017-07-07 17:43:58

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts