कोरोना जिवाणुप्रति साउदी अरवको उच्च सतर्कता

What's This?


Download our app to get more features

रियाद, ६ पुस । साउदी अरवको स्वास्थ्य मन्त्रालयले मध्यपूर्वी क्षेत्रका २० लाख जना व्यक्तिलाई स्वासप्रश्वास संवन्धी समस्या गराउने ९मर्स० कोरोना जिवाणुबाट बचाउन खोप दिएको छ । 

मर्स कोरोना जिवाणुको संक्रमण अझै फैलिने खतरा बढेपछि मन्त्रालयले उनीहरुलाई रुघाखोकी विरुद्धको खोप दिएको हो । 

जिवाणुको संक्रमण रोक्न ९० प्रतिशत सफलता मिलेको पनि मन्त्रालयले जनाएको छ । 

सरुवा सो जिवाणुबाट संक्रमित भई अस्पतालहरुमा उपचारका लागि आउने विरामीहरुको सख्ंया बढ्दै गएको छ । 

साउदी अरव सरकारले मर्स जिवाणुको संक्रमण रोक्न धेरै प्रयास गरेपनि सोमबार यही संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो भने अरु दुई जना संक्रमित फेला परेका थिए । 

सन् २०१२ मा यो जिवाणुको संक्रमण भएको पहिलो घटना पत्ता लाग्दा सम्म सयौंको मृत्यु भईसकेको थियो भने सयौ संक्रमित भएका थिए । कोरोना जिवाणुको संक्रमण भएको यो साउदी अरवको तथ्यांक संसारमा सवै भन्दा धेरै हो।

-रासस/सिन्ह्वा 

Last modified on 2017-07-07 17:48:15

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts