अप्रेसन गरेर बच्चा जन्माउँदा ध्यान दिनुपर्ने कुरा



Download our app to get more features

पछिल्लो एक दशकयता संसारका नै सिजरियन सेक्सन अर्थात् सिएस अप्रेसनबाट प्रसुति गराउने क्रम ह्वात्तै बढेको छ ।

नेपालमा पनि यो अभ्यास भएको छ । तर, अप्रेसन गरेर बच्चा जन्माउने सन्दर्भमा केही अस्पष्टता देखिन्छन् । अस्पताल आउने कतिपय गर्भवती तथा उनका आफन्त नर्मल बच्चा जन्माउन सक्ने अवस्थामा पनि अप्रेसन गरिदिन जोड गरेको पाइन्छ भने कतिपयले जटिल अवस्थामा पनि अप्रेसन गर्न इन्कार गरिरहेका हुन्छन् ।

कतिपय गर्भवती त अप्रेसन हुने डरले प्रसव पीडा सुरु हुँदासम्म अस्पताल जाने गर्दैनन् ।

आखिर अपे्रसन गरेर बच्चा जन्माउँदा कस्ता कुरामा ध्यान दिनुपर्छ ? ग्रान्डी अस्पतालका सञ्चार व्यवस्थापक विनोद अधिकारीले सिजरियन सेक्सनका डाक्टर र प्राविधिकसँगको कुराकानी तथा केही तथ्यका आधारमा केही जानकारी दिएका छन् ः

१. गर्भवती महिलाको नितम्बको साइज सानो भएको अवस्थामा अप्रेसन गरेर बच्चा जन्माउनुपर्ने हुन्छ । सानो नितम्बका कारण आमा र बच्चा दुवैको जीवन खतरामा रहन सक्छ । यसकारण यस्ता गर्भवतीलाई बच्चा जन्माउन अप्रेसन नै आवश्यक पर्छ । यस्ता महिलाले सामान्य तरिकाबाट बच्चा जन्माउँदा आमाको जिन (आनुवंशिक गुण) अर्को पिँढीमा सर्ने सम्भावना रहन्छ । तर, अप्रेसन गरेर जन्माउँदा यस्तो समस्या नहुने चिकित्सकहरुको भनाइ छ ।

२. आमरुपमा मानिसहरुको मान्यता के पनि छ भने प्रसुति सामान्य प्रक्रियाबाट गर्ने कि सिजरियनबाट गर्ने भन्ने कुरा प्रसव पीडा भएकी महिला आफैँले तय गर्न सक्छन् । तर, प्रसवको समयमा बच्चाको घाँटीमा नाल बेरिएको अवस्था, बच्चाले पेटभित्रै दिसा गरेको अवस्था, प्रसव पीडा लम्बिदैँ गएर बच्चा र आमाको जीवन नै जोखिममा रहेको अवस्थामा आकस्मिक अप्रेसन गर्नुपर्ने हुन्छ ।

३. नितम्बको एक्सरेबाट भने प्रसुति पद्धति तय गर्न सकिदैन । आमाको कद या बच्चाको टाउकोको आकारका आधारमा मात्रै तय गर्न सकिन्छ ।

४. बच्चा सामान्य जन्मिन्छ या अप्रेसन गर्नुपर्छ भन्ने कुनै निक्र्यौल हुन सक्दैन । यस्ता कुराले प्रसुतिमा कुनै प्रभाव पारेको हुँदैन । त्यसो त पहिलो बच्चा जन्माउन पनि अप्रेसन नै गर्नुपर्छ भन्ने पनि हुँदैन ।

. गर्भमा जुम्ल्याहा बच्चा रहेको अवस्थामा र जुम्ल्याहा बच्चा जन्मने निश्चित भएको अवस्थामा, बच्चाको टाउको माथि फर्केर रहेको वा पाठेघरमा बच्चा उल्टो परेर बसेको अवस्थामा तोकिएको भन्दा पहिले नै डेलिभरी हुन लागेको अवस्था, गर्भनाल थुनिएको अवस्थामा र गर्भवती एचआइभी, हेपाटाइटिस वा अन्य भाइरस संक्रमित भएको खण्डमा आकस्मिक अप्रेसनबाट बच्चा जन्माउनुपर्ने हुन्छ ।

६. आमा र बच्चाको स्वास्थ्यमा खतरा देखिएमा, प्रसवको समयमा आमालाई पीडा महसुस नभएको आस्थामा, आमाको योनिबाट डेलिभरी या गर्भावस्थाको दौरान एम्नियोटी फ्ल्युड वा रगत बगेको छ भने तुरुन्त सिजरियन सेक्सन अप्रेसन गरी आमा र बच्चाको जीवन सुरक्षीत गर्नुपर्ने हुन्छ ।


(आजको नयाँ पत्रिका दैनिकबाट)  

 

Last modified on 2017-07-09 14:11:27

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

2 Comments

  1. सन्तोष कुमार साहon Wed, Dec 21 2016 02:12 PM

    यस्तै नया नया कुरा जानकारी को लागि अनुरोध छ| धन्यवाद

  2. सन्तोष कुमार साहon Wed, Dec 21 2016 02:11 PM

    यस्तै नया नया कुरा जानकारी को लागि अनुरोध छ| धन्यवाद


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts