स्वास्थ्य मन्त्रालयको नयाँ जुक्तिः 'पेइङ्ग' क्लिनिक चलाएर भएपनि ओपिडी समय १०-५ बनाउन नया निर्देशन
काठमाण्डौ, ५ पुस । ओपिडी समय १०-५ बनाउन स्वास्थ्य मन्त्रालयले यसअघि दिएको निर्देशन लामो समयसम्म मातहतका अस्पतालले पालना नगरेपछि मन्त्रालयले नयाँ जुक्ति अपनाएको छ ।
मन्त्रालयले १५ शैयाभन्दा बढी र अन्तरंग सेवा सञ्चालन भएका अस्पताललाई विस्तारित अस्पताल सेवा (इएचएस) मार्फत भएपनि ओपिडी समय लम्ब्याउन नयाँ निर्देशन जारी गरेको छ । विस्तारित अस्पताल सेवा अन्तर्गत २ बजेपछि अस्पतालले स्वास्थ्य मन्त्रालयका मापदण्ड अनुसार पैसा लिएर क्लिनिक सेवा चलाउन सक्नेछन् ।
स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा कार्यरत चिकित्सकहरुले साविकमै हप्ताको ४८ घण्टा काम गरिरहेकाले थप समय काम गर्न नसक्ने भन्दै निर्देशन अटेर गरेपछि मन्त्रालयले नयाँ जुक्ति लगाएको हो । मन्त्रालयले जारी गरेको निर्देशन अनुसार १५ शैयासम्मको अन्तरंग सेवा भएको र नभएको अस्पतालले अनिवार्य १०-५ नै ओपिडी चलाउन पर्नेछ ।
१५ शैयाभन्दा धेरै र अन्तरंग सेवा भएका अस्पतालले मात्र क्लिनिक चलाउन सक्नेछन् । १०-५ नै ओपिडी सञ्चालन भैरहेका सरकारी स्वास्थ्य प्रतिष्ठान तथा शैक्षिक संस्थालाई भने सेवाको गुणस्तर चुस्त दुरुस्त बनाउन तथा सेवाग्राहीले देख्ने गरी सेवाका बारेमा तथा चिकित्सकको समयावधी राख्न मन्त्रालयले निर्देशन दिएको छ । फाइल फोटो
हेरौं मन्त्रालयको निर्देशनः
2 Comments
-
गलत निर्णय गरिव लाइ मार हुने भयो.
-
Think x
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।