मृगौलाको पत्थरी



Download our app to get more features

त्थरी,पत्थर या ढुङ्गा मानवजातीलाई आदिमकालदेखि लाग्ने रोग हो । मृगौलामा हुने ढुङ्गाको अवशेष इसापूर्व ४५ हजार वर्ष पहिला इजिप्टमा राखिएको मुर्दाघरको मुर्दामा(मम्मी) मा   पाइएको प्रमाण भेट्न सकिन्छ । यसपछिका मानव सभ्यताहरुमा पनि यस रोगको वर्णन पाईन्छ । यो रोग १० प्रतिशत मानिसहरुलाई लाग्नसक्छ । सामान्यतया यो रोग महिलाभन्दा पुरुषलाई हुने गरेपनि सबै उमेरसमूहका मानिसलाई मृगौलाको पत्थरी हुनसक्छ ।

 

किन हुन्छ मानिसलाई पत्थरी ?

१. वातावरण र भूगोल
विशेषगरी गर्मी ठाउँमा बस्ने मानिसहरुलाई मृगौलामा पत्थरी हुने गर्छ । गर्मि हुने हुदा दक्षिण एशिया तथा खाड़ी मुलुकमा धेरै पाइन्छ । 

पश्चिम मुलुकको जीवनशैली, जंकफुड, धेरै रातो मासुको सेवन, बोसो, मोटोपना, मधुमेह, कोलेस्ट्रोलले गर्दा मृगौलामा पत्थरी दिनानुदिन बढ्दो क्रममा रहेको छ ।

२. पिसाबको संक्रमण : महिलामा पिसाबको संक्रमणका कारण धेरै पत्थरी पर्ने देखिएको छ ।  
३. गर्मीको मौसममा कम पानी पिउने र शरीरबाट धेरै पसीना जाने काम गर्दा पनि पत्थरी पर्ने हुन्छ । 
४ वंशानुगत कारणले पनि मृगौलामा पत्थरी पर्ने सम्भावना रहन्छ । 
५ मृगौलाको अप्राकृतिक बनोट : पिसाब ननिख्रिएर मृगौलामा जमेर बस्ने हुदा पनि पत्थरी पर्नसक्छ । 

के हुन त लक्षणहरू ?

  • कोखा तथा तल्लो पेट दुख्ने
  • ज्वरो आउने
  • पिसाब बन्द हुने
  • दुबै मृगौला बन्द हुदा देखिने लक्षणहरु 

इमरजेंसीमा जानुपर्ने अवस्था के हुनसक्छ ?

  • पिसाब आउन बन्द भएमा या साबिक भन्दा कम भएमा
  • कामज्वरो आएमा
  • दुखाई अत्याधिक भएमा

कसरी यो रोग पत्ता लगाउने?

  • सही चिकित्सक कहाँ जाने ( यूरोलोजी विशेषज्ञ कहाँ जाने)
  • बिरामीको लक्षण अनि शरीर जाँचको आधारमा अन्य जाँच गर्नुपर्छ
  • पिसाबको जाँच
  • मृगौला, पिसाब थैलीको एक्सरे
  • अल्ट्रासाउण्ड  (भिडियोएक्सरे)
  • आइभिपी (नशाबाट दबाई दिएर गरिने एक्स रे )
  • सिटी स्क्यान आदि

ढुङ्गा एक,जातअनेक

पत्थरीको रसायनिक बनोटको आधारमा ढुङ्गालाई २५ भन्दा धेरै जातमा बाढिए को पाइन्छ । तर नेपालीहरुमा सबै प्रकारको ढुङ्गा हुदैन । नेपालमा विशेषत तीन प्रकारको पत्थरी ढुङ्ग पाइन्छ । 

Calcium Oxalate 70-80%

Struvite              10-15%

Uric Acid             5-10%

ढुङ्गा पाईन्छ।


कसरी हुन्छ पत्थरीको उपचार ?

सबै प्रकारका पत्थरीको उपचार गर्नै पर्छ भन्ने हुदैन । पत्थरीको किसिम, आकार, मृगौलाको अवस्था र बिरामीको पेशाको आधारमा चिकित्सकले निर्णय गर्दछन । ढुङ्गा रहेको भाग (मृगौला, नली, पिसाबथैली) ढुङ्गाको सारोपना, आवश्यक उपकरण, दक्ष जनशाक्ति, बिरामीको खर्च गर्न सक्ने अवस्थालाई आधार मानेर उपचार गरिन्छ । 

पत्थरी हटाउने उपायहरु

  • औसधि को सेवनबाट
  • चिरफार गरेर गर्ने (परम्परागत तरीका)
  • मृगौलालाई प्वाल पारेर निकाल्ने (PCNL) 
  • पिसाब आउने बाटोबाट दुरवीन छिराएर गरिने  (URS)
  • अल्ट्रासोनिक तरंगबाट (भ्क्ध्ी )
  • RIRS (पिसाबको नलीबाट दुरवीन मृगौलामा पठाई गरिने) 

औषधि खाएर पत्थर पग्लन र निस्किन सक्छ ? 
 
Allopathyc औषधि विज्ञानमा पत्थरको केहि जात मात्र (Uric acid Cysteine stone) मात्र औषधिले पगाल्न सक्छ, त्यो पनि सानो आकार भएमा मात्र । यसरी औषधि खाएर मात्र सधै उपचार सफल हुनसक्छ भन्ने छैन । ठुला पत्थरी या अरुजातको पत्थरी औषधि खाएर जान्छ भन्नुमा वैज्ञानिक आधार छैन ।

फलानो ढुङ्गा औषधि खाएर पिसाबबाट गयो रे ? 

सानो आकारको ढुङ्गा (मृगौलाको) र पिसाब नलीको ढुङ्गा धेरै पानी र पिसाब नलीको मुख खोल्ने औषधि खाँदा पनि जान सक्छ । 

पत्थरी हुँदा कुर्न सकिन्छ ? 

पतथरी परेको अवस्थामा कुर्न सकिन्छ । तर, ढुङ्गाको आकार र यसले मृगौलालाई गरेको असरको आधारमा चिकित्सकले निर्णय गर्छन ।

यदि मृगौला सुन्निएको छ भने बढीमा ४ देखि ६ हप्तासम्म कुर्न सकिन्छ तर अरु धेरै तथ्य बिचार गर्नुपर्ने हुन्छ ।

Last modified on 2017-07-09 14:16:01

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. मलाई केहि (5/6) दिन देखी तल्लो पेट दाहिने पट्टी (सायद मृगौला) दुख्नी र पिसाब छिन छिन मा आउनी गर्छ। मलाई पत्थरी भयको होकी भन्नी पनी सङ्का लागी राको छ। तर मलाई जोरो हरू अरू केही पनी आएको छैन। र हाम्रो घरमा पहीले कसैलाई पनी पत्थरी भयको पनी छैन।के मलाई मृगौलाको पत्थरी भयको हो त?????


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts