जीवनशैलीले निम्त्याउँछ घुर्ने समस्या



Download our app to get more features

जनस्वास्थ्यमा देखापर्ने विभिन्न किसिमका समस्यामध्ये घुर्ने समस्याले सबैलाई सताएको हुन्छ ।

निदाउँदा घुर्ने बानीले आफूभन्दा पनि अन्य व्यक्तिलाई तनाव दिएको हुन्छ । जसले गर्दा विभिन्न प्रकारका टीकाटिप्पणी पनि हुने गर्छ । घुर्ने बानीलाई चिकित्सकहरुले एक किसिमको रोगका रुपमा परिभाषित गरेका छन् ।

निदाउँदा घुर्ने कारण र यसको असरबारे डा.लक्ष्मी आवा यसो भन्छिन् ः

कस्तो असर पर्छ ?

घुर्ने समस्याको समयमै सही उपचार गर्न सकिएन भने यसले ठूलै दुर्घटना पनि हुन सक्छ । यसले शारीरिक रुपमा मात्र होइन, सामाजिक र मानसिक रुपमा पनि असर पु¥याउन सक्छ ।

घुर्ने समस्याले सबैभन्दा बढी दाम्पत्य जीवनमा असर पु¥याउन सक्छ । सँगै सुत्ने साथीले घुर्दा निद्रा खल्बलिन्छ । राम्ररी सुत्न नपाउँदा मानसिक रुपमा नकारात्मक असर परी सम्बन्धमै दरार आएका घटनाहरु पनि छन् ।

साधारणतया घुर्नु मात्र ठूलो समस्या नहोला । तर, यसको समयमै पहिचान गरी समाधानतर्फ नलाग्ने हो भने खतरनाक पनि हुन सक्छ ।

घुर्ने समस्याका कारण

मानिसको जीवनशैलीमा आएको परिवर्तनसँगै घुर्ने समस्या पनि जटिल बन्दै गएको छ । संसारमा हरेक समय आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक विकास भइरहेको छ ।

प्रविधिको विकास भएसँगै मानिस अल्छी हुन थालेका छन् । अधिकांश काम एउटै कुर्सीमा बसेर गर्ने बानीको विकास हुन थालेको छ । मानिसहरु कम्प्युटरमा बसेर नै महत्वपूर्ण समय बिताइरहेका छन्, जसले गर्दा मानिसमा मोटोपना पनि बढ्न थालेको छ । मोटोपना बढेसँगै घुर्ने समस्या पनि देखिन थालेको छ ।

मोटोपनामा हुने भएका कारण मानिसको दैनिक रहनसहनले , त्यस्तै तयारी खानामा पनि मानिसको रुचि बढ्न थालेको छ । बजारमा पाईने चाउचाउ, बिस्कुट जस्ता फास्टफुड धेरै प्रयोग गर्दा घुर्ने समस्या बल्झिएको छ ।

फास्टफुडको प्रयोग गर्नै परेपनि धेरै चपाउनुपर्ने कडा खाना खानु राम्रो हुन्छ । जसले गर्दा मुखको मांसपेशीलाई पर्याप्त कसरत पुग्छ । चपाउनै नपर्ने फास्टफुडले मुख र दाँतको कसरत नहुने मात्र होइन, श्वासनलीसमेत साँघुरिँदै जान्छ । यस्तै कारणले मानिसमा घुर्ने समस्या देखापर्न सक्छ ।

यसरी खानपिन र घुर्ने समस्या एक–अर्काका परिपूरकजस्तै छन् । त्यसैले घुर्ने समस्या भएका मानिसले आफ्नो जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक छ ।

किन हुन्छ घुर्ने समस्या ? 

घुर्ने समस्या सबैमा एउटै कारणले हुन्छ भन्ने हुँदैन । केहीलाई टन्सिलका कारण हुन सक्छ भने केहीलाई मानिसको शारीरिक बनावट नमिलेर पनि यस्तो समस्या हुन्छ ।

टन्सिलकै कारणले हो भने बच्चादेखि नै घुर्ने समस्या हुन्छ । कुनै दुर्घटना वा चोटपटक लाग्दा पनि घुर्ने समस्या हुन सक्छ । मोटोपना भएको मानिसका हकमा भने ३० वर्षपछि मात्रै घुर्ने समस्या देखिने गर्छ ।

घुर्ने रोगको समाधान

घुर्ने समस्याको समाधान यस्तो हो भन्ने पाईदैन । सबैभन्दा पहिला समस्या भएको व्यक्ति स्वयंले नियन्त्रणको कोसिस गर्नुपर्छ ।

शरीर मोटो भएका व्यक्तिले आफ्नो वजनलाई कम गराउनैपर्छ । घुर्ने मानिस उत्तानो सत्नु हुँदैन । शारीरिक व्यायाममा जोड दिनुपर्छ । यस्तो समस्या भएका मानिस कोल्टे परेर मात्रै सुत्ने बानी गर्दा पनि केही हदसम्म सुधार हुन्छ । मुख्यतः राति खाना खाँदा धेरै मसाला हालेर, चिल्लो, पिरो, धुम्रपान तथा मद्यपान गर्नु हुँदैन ।

घुर्ने समस्या भएका मानिसमा टन्सिल भएको खण्डमा त्यो टन्सिललाई काटेर फाल्नैपर्ने हुन्छ । अहिले सिपाप भन्ने मेसिन आएको छ । यसको प्रयोग पनि उपचारको उत्तम उपाय हो । घुर्ने समस्याको उपचार विधि भनेकै सिपाप हो । यो मेसिन सम्बन्धित मानिसले नाकमा लगाएर सुत्नुपर्छ ।

यो मेसिनले मानिसको श्वासनलीलाई चलायमान बनाउने र खुला राख्न मद्दत गर्छ । यो मेसिन आफैँले घरमै बसेर पनि प्रयोग गर्न सकिन्छ ।


(आजको नयाँ पत्रिका दैनिकबाट)
 

Last modified on 2017-07-09 14:27:27

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

2 Comments

  1. yeha euta machine sipap ko kura niskeko cha. yo machine kaha kaha paiencha yeso janakari pauna sakincha ki....

  2. I have problem to This type of disease so how can I solve it? I just eat chewing tobacoo but I don't eat more fatty food and other what u told above description. N my age is 27 and my weight is 52 and height is 5 feet . to measure this calculation my BMI is underweight.


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts