भिडे खुर्सानी खानुको यस्ता छन् फाइदा
स्वास्थ्य रहनका लागि हामी विभिन्न तरकारीको सेवन गर्ने गर्छौ । हामीले सेवन गर्ने तरकारीमध्ये भिडे खुर्सानी पनि एक हो । भिडे खुर्सानीको सेवन हामीले स्वादका लागि खाने गरे पनि त्यसले हाम्रो स्वास्थ्यलाई भने कतिको फाइदा पुर्याउँछ भन्नेबारे हामीलाई थाहा नहुन नि सक्छ । रातो, हरियो र पहेँलो रंगमा पाइँने भिडे खुर्सानी स्वास्थ्यको लागि धेरै नै फाइदाजनक हुन्छ । भिटामिन सी ले भरिपूर्ण भिडे खुर्सानी, भिटामिन ए र बीटा–क्यारोटीनको प्रमुख स्रोत हो ।
मुख्य रूपले तरकारी, चाईनिज फूड र गार्निशिंगको प्रयोग गरिने भिडे खुर्सानी सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ । भिडे खुर्सानीमा क्यालोरी एकदमै नगन्य मात्रामा हुन्छ , जसले कोलेस्ट्रोललाई बढ्न दिदैँन ।
भिडे खुर्सानीको फाइदाहरु ः
१. मेटाबोलिज्म बढाउनमा मद्दत गर्छ
यदी तपाई आफ्नो तौल घटाउने सोचमा हुनुहुन्छ भने भिडे खुर्सानी बढी लाभदायक हुन्छ । यसमा क्यालोरी नगन्य मात्रामा हुन्छ जसले तपाईको तौल घटाउनमा मद्दत गर्छ । यसले मेटाबोलिज्मको प्रक्रियालाई सक्रिय बनाउँछ ।
२. एन्टी अक्सीडेन्ट गुण
भिटामिन ए र सी ले भरिपूर्ण भिडे खुर्सानी एन्टी अक्सीडेन्ट्सको राम्रो माध्यम हो । साथै मुटु सँग सम्बन्धित रोगहरु, अस्थमा र मोतिबिन्दुबाट पनि बचाउनमा मद्दत गर्छ ।
३. क्यान्सरबाट बचाउँछ
भिडे खुर्सानीले क्यान्सरको कोषहरुलाई विकसित हुन दिदैँन । भिडे खुर्सानीको प्रयोग दिनहुँ कुनै न कुनै रुपले गर्नुपर्छ । भिडे खुर्सानीको सेवनले क्यान्सर हुने सम्भावना निकै कम हुन्छ ।
४. दुखाईमा राहत
भिडे खुर्सानीमा यस्तो तत्व पाइन्छ जसले छालाको दुखाईलाई स्पाइनल कोड सम्म जान दिदैँन । साथै यसमा पाइने तत्व प्राकृतिक पेनकिलर समान काम गर्छ ।
५. इम्यूनिटी बढ़ाउनमा मद्दत गर्छ
भिटामिन सी ले भरिपूर्ण भिडे खुर्सानीले संक्रामक रोगहरुसँग लड्नमा मद्दत गर्छ । रोग–प्रतिरोधात्मक क्षमतालाई यसले बढाउनमा पनि मद्दत गर्छ । फोक्सोको इनफेक्शन, अस्थमा रोगमा यसको नियमित सेवनले फाइदा पुग्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>