पानी पिउने बेलामा भुल्नै नहुने ६ कुरा.....



Download our app to get more features

पानी शरीरको लागि सबैभन्दा बढि आवश्यक पर्ने तत्व हो । सबै प्रकारका बिरामी हुँदा धेरै पानी पिउने सल्लाह चिकित्सकले दिन्छन् ।
विहान उठ्ने वित्तिकै पानी पिउनु स्वास्थ्यका लागि निक्कै राम्रो मानिन्छ तर खाना खाँदा खाँदै बीचमा भने पनी नपिउनु नै राम्रो । यस्तै चिकित्सकीय धेरै मान्यता छन् पानीको विषयमा । तर पानीका विज्ञहरुको भनाइ भने फरक छ ।
यहाँ पानी पिउँदा ध्यान दिनु पर्ने ६ कुराको विषयमा चर्चा गरिएको छ ।

खाना खाँदै गर्दा पानी नपिउनुस 
खाना खाइरहेको समयमा पानी पिउने बानी छ भने आजै देखि छोड्नुस् । यसले खाना पचाउने ग्यास्ट्रिक जुसलाई हल्का बनाइदिन्छ र पाचनमा समस्या आउँछ । खाना खाएको कम्तिमा १० मिनेटपछि मात्र पानी पिउनुस् ।

अधिकतम पानी पिउनुस 
दैनिकरुपमा प्रयाप्त पानी पिउनुस् । पानी पिउँदा शरीरका सबै गतिविधी सामान्यरुपले सञ्चालित हुन्छन् । स्वास्थ्य पनि सामान्य रहन्छ ।

जवान हुन्छ त्वचा 
पानी पिउँदा हाम्रो त्वचा जवान रहन्छ । यसले हाम्रो अनुहारमा समेत चमक ल्याउँछ । यद्यपी त्वचाको चमक खानपान र वंशजका आधारमा पनि निर्धारण हुन्छ ।

बजन घटाउन पानी 
पानीले तपाइँको मोटोपन पनि कम गर्न सघाउँछ । पानी पिउँदा शरीरमा बोसो, क्यालोरी वा कोलेस्ट्रोल केही पनि थपिँदैन । पानीले प्राकृतिक रुपमा भोक मार्ने काम पनि गर्छ ।

विकारबाट मुक्ति   
विभिन्न प्रकारका बिकार जुन खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छन् । त्यसलाई सफा गर्न पनि प्रयाप्त पानी पिउनु जरुरी छ । विभिन्न रसायनिक प्रतिक्रियाबाट पैदा हुने रसायन कम गर्न पानी उत्तम उपाय हो ।

विभिन्न रुपमा पानी 
पानी त्यसै पनि पिउन सकिन्छ भने अन्य तरिकाले पनि पिउन सकिन्छ । जस्तै ग्रीन टी, सुप, नरिवल पानी या सर्वत । कोक फेन्टा होइन पानी पिउनुस् । पानीले शरीरमा भएको अधिक नूनलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ । 

Last modified on 2017-07-09 14:31:15

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts