माइग्रेनबाट बच्ने केही घरेलु उपाय 



Download our app to get more features

एजेन्सी । के तपाईंलाई माइग्रेन होला भन्ने डरले सताएको छ ? या माइग्रेनबाट पीडित हुनुहुन्छ ? यति त्यसो छ भने केही घरेलु उपायलाई अवलम्वन गर्नु उपयुक्त हुन्छ । 
माइग्रेनबाट जोगिने केही घरेलु आयुर्वेदिक विधिः 
१. सन्तुलित भोजनको प्रयोगः अत्याधिक भोजन नगरी सन्तुलित भोजनको प्रयोग गर्ने 
२.ससाना कुरामा तनाव नलिने, तनावलाई कम गर्न नाकबाट गहिरो सास लिँदै फाल्दै गर्ने, 
३. सकरात्मक सोच बनाउने 
४.पानी प्रशस्त सेवन गर्ने 
५. दैनिक कम्तीमा ७ घण्टा पूरा निद्रा लिने
६. थकान महशुस हुँदासाथ आराम लिने, हातले हल्का रुपमा टाउकोमा मालिस गर्ने
७. मन प्रफुल्लित हुने काममा व्यस्त रहने 
८. घमण्डलाई कम गर्ने र विवादमा अघि नसर्ने 

 

माइग्रेन भइसकेकाले निम्न घरेलु उपचार विधि अपनाउने 
१. सन्तुलित र पौष्टिक आहार लिने
२. विशेषगरी गाईको घ्यूबाट बनेको मालपुवा, जेरी, हलुवा आदिको प्रयोग बढी गर्ने, 
३. गाइको घ्यूमा चिनी मिलाएर खाँदा माइग्रेन भएकालाई आराम मिल्छ । 
४. ताजा फलफूल र हरियो सागसब्जीको अधिक प्रयोग गर्ने 
५. प्रशस्त पौष्टिक तत्वका लागि दूध, दाल र पनिरको प्रयोग ज्यादा गर्ने 

Last modified on 2017-07-09 14:43:19

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. मेघ थापा मगरon Mon, Dec 19 2016 11:26 AM

    धन्यबाद,यो अमुल्य सुचनाको लागि ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts