दोलखाको ओराङमा रेबिजको आंतक
दोलखा ३, पुस । रेबिजले दुई युवकको मृत्यू भएपछि दोलखाको दुर्गम गाउँ ओराङका स्थानीय त्रसित बनेका छन् । शनिवार १८ बर्षिय युवराज ठकुरी र एक महिनाअघि सिपबहादुर तमाङको मृत्यु भएपछि रेबिजले गाउँ नै आतंकित भएको हो ।
रेबिज लागेको आशंकामा अधिकांश स्थानीय उपचारका लागि अस्पताल पुगेका छन् । कोही हालै कुकुरले टोकेको र कोही भने रोग लागेका मानिससँग संगतमा रहेकाले डराउँदै आएको चिकित्सकले बताएका छन् । गाँउमा कुकुर रेबिज संक्रमित भएपछि यसअघि पशु सेवा कार्यालय र कारितास नेपालको सहकार्यमा कुकुरलाई सुई लगाइएको पशु सेवा कार्यालय प्रमुख ज्ञानबहादुर थापाले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका रेविजसम्बन्धि कार्यक्रम हेर्ने निमित्त प्रमुख डम्बर थोकरले ओराङ गाउँमा रेविज रोग फैलिएको जानकारी आएको बताए । हाल ५० देखि ६० जनालाई मात्र लागाउने एन्टि रेबिज भ्याक्सिन भएकाले थप औषधि मगाइएको उनले बताए ।