असुरक्षाको कारण देखाउँदै एम्बुलेन्स चालकद्धारा रातिको सेवा बन्द
बुटवल, ३ पुष । प्रदेश सीमांकन बिवादका कारण १९ दिन देखि शुरु भएको आन्दोलनले असुरक्षित भएको भन्दै लुम्बिनी अञ्चलका एम्बुलेन्स चालकहरुले रातिको समयममा एम्बुलेन्स नचलाउने बताएका छन् ।
शनिबार बेलुका बुटवलमा बिरामी बोकेको एम्बुलेन्समाथी बन्दकर्ताहरुले तोडफोड गरेपछि चालकहरुले एम्बुलेन्स चलाउन नसक्ने बताएका हुन् । एम्बुलेन्स चालक संघ लुम्बिनीका अध्यक्ष यदु भण्डारीका अनुसार एम्बुलेन्स तोडफोड गर्ने, चालकलाई मनपरी गाली गर्ने जस्ता काम बन्दकर्ताले गर्न थालेपछि सुरक्षका लागी रातिको समयमा एम्बुलेन्स नचलाउने निर्णय भएको बताएका छन् ।
शनिबार बेलुका बिरामी बोकेर अस्पताल गइरहेको भूपू सैनिक क्लब बुटवलको लु १ च २१३१ नम्बरको एम्बुलेन्स बुटवलमा बन्दकर्ताले तोडफोड गर्दा बिरामी समेत प्रभावित भएका थिए ।
-फाईल तस्वीर
Last modified on 2017-07-09 14:46:36
Reporter
View Other Stories by Author >>