स्वास्थ्य मन्त्रालयमा भीड बढेपछि प्रवेशमा कडाई, मन्त्री थापा लुकीलुकी काममा
काठमाण्डौं, ३ पौष । स्वास्थ्य मन्त्रालयमा सर्वसाधारण र राजनीतिक कार्यकर्ताको भीड बढ्दा काम गर्न समेत अप्ठारो भएको भन्दै आजबाट मन्त्रालय प्रवेशमा कडाइ गरिएको छ ।
रामशाहपथ स्थित मन्त्रालयको गेटमा सूचना टासी आइतबार र बुधवार स्वास्थ्य मन्त्री गगन थापासँगको भेटघाटलाई पुर्णरुपमा बन्द गरिएको छ भने अन्य दिनमा १ बजे पछिमात्र भेटघाट गर्न सकिने जनाइएको छ । मन्त्रालयमा हुने भीडभाडलाई नियन्त्रण गरी मन्त्रालयका कामकाजलाई व्यवस्थित गर्न प्रवेशमा कडाइ गरिएको स्वास्थ्य मन्त्रीका प्रेस संयोजक जीवन भण्डारीले बताए ।
गगन कुमार थापा स्वास्थ्य मन्त्री भएर आएदेखि स्वास्थ्य मन्त्रालयमा अप्रत्यासित भीड बढ्न थालेपछि नियमित काम समेत प्रभावित हुन थालेपछि यस्तो निर्णय गरिएको भण्डारीले जानकारी दिए ।
भीडका कारण मन्त्रालयको काम गर्न मन्त्री थापा आफ्नो सवारी साधनलाई समेत मन्त्रालयको पछाडी लुकाइ कार्यकक्षमै नबसी नबसी केही समययता लुकीलुकी काम गर्न समेत थालेका छन् । गत बुधवार हाम्रो डक्टर टिम मन्त्रालय पुग्दा मन्त्रीको गाडी मन्त्रालय पछाडी राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को प्रांगणमा राखेर स्वकीय सचिवहरुको कार्यकक्षमा बसेर काम गर्दै थिए ।
कार्यालय समयमा अनियन्त्रीत भिड लाग्ने र कति पय अवस्थामा अन्य कार्यालयको कामकाजमा आउने व्यक्तिले समेत पार्किङ्ग क्षेत्र बनाउनाले समस्या परेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय सिंहदरबारभन्दा बाहिर हुँदा सबैको सहजै पहुँच हुने भएकाले पनि भीडभाड बढेको हुनसक्छ ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>