क्यान्सर मुक्त भएपछि सुजाताको सन्देश
काठमाण्डौं ३, पुस । स्तन क्यान्सरको उपचार गरी स्वदेश फर्किएकी पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले आज सामाजिक सञ्जाल मार्फत सबै शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गरेकी छिन् । उनले भगवानको आर्शिवाद र शुभचिन्तकको सुभेच्छाले आफु क्यान्सर मुक्त भएको बताएकी छिन् ।
‘पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेस्टहरुको क्रममा मेरो ओभरीमा पनि क्यान्सरस सिस्ट देखापरेको थियो ।’ सुजाताले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘भर्खरै मात्र दोस्रो अपरेशनमार्फत यसको पनि सफल उपचार भएको छ ।’
नेतृ सुजाताले भगवानको आशिर्वाद र शुभचिन्तकको शुभेच्छाले गर्दा हाल आफु क्यान्सरमुक्त भएको बताएकी छिन् । सुजाताको स्वास्थ्यमा बिस्तारै सुधार भइरहेको छ । ‘चाँडै नै म मेरो सार्वजनिक जीवनमा फर्किनेछु ।’ सुजाताले भनिन् । शुभचिन्तकहरुको सद्भावका लागि उनले आफु सदैव आभारी रहने बताएकी छिन् ।
-
View Other Stories by Author >>
1 Comments
-
वहाँले गरिव जनताले तीरेको कर वाट उपचार गरेको भन्न छुटाउुनु भयो भन्ने लाग्या छ !
