जब डाक्टरको पोसाक आँशुले भिज्यो...
सडकमा केही झुण्ड युवाहरू देखिए । घामले साँझको सङ्केत गर्दै थियो । एम्बुलेन्स आफ्नै रफ्तारमा कुँईय्...कुँईय्... गर्दै गुडिरह्यो मृत्यु शङ्ख फुके जस्तै । युवाहरू सडकभरि कनिका छरिएझैं छरिए । ड्राइभरलाई ब्रेक दबाउन बाध्य बनाए । ‘हान्...हान्.... फुटाइदे.... साले ... जलाइदे... बन्द भन्ने थाहा छैन ? जलाई दे न ! के हेरिराको..’ भीडवाट आवाज आयो । ड्राइभरले ऐम्बुलेन्स थोरै ब्याक गरेर साइट लगाउन मात्र के लागेथ्यो । छयाङ्ग आवाज कानैमा चर्कियो । क्षणभरमै एम्बुलेन्सको झ्यालका सिसाहरू सडकभरि र भित्र सिटभरि छरपस्टिए ।
म आक्रोसित हुँदै बाहिर निस्किएँ र भनेँ । ‘अन्य गाडी र एम्बुलेन्स पनि चिन्ने चेत नभएका बजियाहरू के गरेको यो ? के को बन्द हो आज ? किन वन्द हँ ? हेर केटा हो तिमीहरूको यो प्रवृत्तिले अराजकताबाहेक केही पनि निम्तिदैन ।’ कारण खोजेँ मैले ।
एक जना राँकिँदै अघिसर्यो र ओँठे जवाफ फर्कायो । हाम्रो गम्भीर समस्याचाहिं कस्ले बुझ्ने ? अघि भर्खरै गएको बसले हाम्रो भैँसीलाई ठक्कर दिएर भाग्यो । दुध दिने भैंसी मर्यो। अनि यसको क्षतिपूर्ति तिमी दिन्छौ ? त्यसले दिने दुध तिमीहरूले दिन्छौ ? अर्को झ्याप्ले कड्किँदै बोल्यो । मेरो पनि आक्रोसले सीमा नाघ्यो र भनेँ तिमीहरूको त भैँसी ठक्कर दिएछ । हाम्रो हेर्छौ ? तिमीहरूको जस्तै प्रवृत्ति हो भनेँ हामीले त सिङ्गो देश नै बन्द गर्नु पथ्र्यो । खै हामीले त्यसो गरेनौँ ।
हाम्रो त गाडी पल्टीएर दर्जनौँ मान्छे मरिसके । अहिले हामीसँग त्यही घटनामा परेकी घाइते जीवन र मरणको दोसाँधमा छ । तिमीहरूको यस्तो सानो लापरवाहीले सडकमा हिँड्ने मात्र हैन गुड्ने कैयौँ सर्वसाधारणलाई कति गम्भीर असर पर्दछ, याद गरेका छौ ? के मेरी लज्जावती मरिन् भनेँ त्यसको क्षतिपूर्ती तिमीहरूले दिन सक्छौ ? बन्दको नाममा साइरन जडित इमरजेन्स साधनहरू पनि तोडफोड गर्न पछि नपर्ने तिमीहरूको विकृतिप्रति मेरो खेद र घोर आपत्ति छ । के नयाँ नेपालले सिकाएको पाठ यही हो ? यस्तो अमर्यादित काम गर्न छाडिदेऊ । यस्ता कार्यले राष्ट्रमा विचलन पैदा हुन्छ । नोक्सान त आफ्नै देश र आफैलाई हो । सडक कसैको पेवा होइन जहाँ निर्वाध रूपले सवैले आवतजावत गर्न पाउनु पर्छ । कुरा बुझ्या खोई ? जाऊ सम्वन्धित ठाउँमा समस्या राख्न । सडकलाई रिस पोखेर हुन्न । यो त सबैको साझा सम्पती हो ।
‘हो त सरले ठीक भन्नुभयो । हामीलाई जान दिनुस् हामीले कसैको प्राण र जीवन बोकेर आएका छौँ । ड्राइभरले अनुरोध गरे ।’ बढ्ता मुख चलाउने हैन चुप लागेर बस्ने । हैन भने मान्छेसहित गाडी जलाइदिन्छु एक जना मुन्द्रे अघि सर्यो। नयाँ नेपाल र लोकतन्त्रको नाममा बहुलाएका मानव मुकुन्डोधारीहरूसँग प्रतिवाद गर्नुभन्दा चुपचाप नयाँ विकल्प खोज्नु राम्रो सोचेर हामी एम्बुलेन्सभित्रै बस्यौँ । ड्राइभरले एम्बुलेन्स केही परको दुरीसम्म व्याक गर्यो र एम्वुलेन्स भित्र छरपष्ट फुटेका सिसाहरू पन्छायो । प्लास्टिकले सिसा फुटेको झ्याललाई बन्द ग¥यो ।
अप्रेसन थियटर वरिपरि टहलिरहेछु म । भोगिसकेका कुरा सजिलै स्मृतिमा आउँदै डस्दै भागिरहेछ । बाजको नङ्ग्राले चल्लाको छाती फोरेर आन्द्रभुँडी छताछुल्ल पोखेजस्तै मेरो दिमाग ठँुगेर चिथोरी रहेछ । के–के सोच्दै हस्पिटल बाहिरको एउटा भट्टीमा पुगेेंँ । एक क्वार्टर स्वाट्ट पारेँ र चियापत्तिको धुलो मुखमा कोचेर पानी कुल्ला गरेँ । नजिकैको पान पसलवाट जर्रा पान एक पिस मुखमा च्यापेर हस्पिटल पुगेेंँ ।
क्षितिज सर केही क्षण कुरौँ र यिनीहरू अलि शान्त भएपछि गाडी कुदाउँ फेरि जाम बढेपछि हामीलाई समस्या बढ्छ । किनभने हामीसँग थोरै समय छ । यिनीहरू जवरजस्ती गर्छन् भनेँ जस्तो मादल बज्यो त्यस्तै नाच नाच्नुपर्छ । नगर्नु पर्ने काम त यिनीहरूले गरिसके । गाडीका सिसाहरू फुट्सिक्यो । अब ‘रिक्स’ मोलेर भए पनि विरामी बचाउनु पर्छ । सुर्इंके सुँइकिन्छन्् एक दुई जना ड्राइभर आक्रोसमा आयो । मैले भनेँ । भाइ हरेक कुरामा संयम अपनाउनुपर्छ यदि उनीहरू किच्चिए भनेँ थप अर्को झमेला आउन सक्छ त्यसैले...
एम्बुलेन्स जोडले डुक्रँदै ह्वात्तै अगाडि बढ्यो । मेरो कुरा पुरा हुन नपाउँदै भीड छिचोल्यो ।
ए...ए...भाग्यो ..भाग्यो...ठोक्... ठोक्...ढुङ्गाले ठोक् न... साले... भाग्यो । पछिपछि कुद्दै आएको भीड क्षणभरमै ओझेल प¥यो । ड्राइभरको मुखबाट फुत्त एउटा शब्द उछिट्टियो ‘नो रिक्स नो गेन्’ मैले टाउको मात्र हल्लाएँ । किनभने, समय जवरजस्ती बन्दै गएको थियो । यी सब विकृतिहरू देशमा भएको अस्थिर राजनीति र दलहरूको गलत प्रवृत्तिबाट सिकेका पाठभन्दा अरू केही थिएन ।
मोबाइलको रिङटोन बज्यो । लुँजलाको फोन थियो । कल रिसिभ गरें र भनेँ । आउ लुँजला मेरो र लज्जावतीको तमासे बन्न आऊ । जितेको घमण्ड गर । आऊ जलाऊ मेरो सिङ्गो संसार । आऊ जलाऊ... म त आवेशमा कराउन पुगेछु । के भो सर ? ड्राइभरले सोधेपछि फोन काटिदिएँ । लज्जावती छट्पटाइरहेकी थिइन् । लोलाएका आँखाहरू बोकी उनको मुखबाट निस्किएको मधुर चीत्कारले म भित्रभित्रै जल्दै थिएँ फेरि मोबाइल बज्यो । लुँजलाकै फोन थियो क्षितिज ! किन रिसाएको मसँग । मैले के गरेँ र तिमीलाई त्यस्तो नराम्रो ? उनी केही थाहा नपाए झैँ स्वाङ्ग पार्दै थिइन् । जे हुनु भैहाल्यो, मेरो कारण तिमी मबाट भागेर हिँड्नु पर्दैन क्षितिज ।
लज्जावतीसँगै तिम्रो सम्बन्ध गाँस्नु । तिम्रो लागि म योग्य भईनँ ठीकै छ । लज्जावती र तिम्रो प्रेममा म कहींले पनि तगारो बन्न अगाडि उभिने छैन । तिमीहरूको सम्बन्ध सगरमाथाको शिर भन्दामाथि उठोस् यतिसम्म कि लैला र मज्नु को प्यार भन्दामाथि । अब म तिमीहरू दुवैसँग कहिल्यै गुनासो गर्ने छैन । म दुवैजनासँग माफी माग्न चाहन्छु यो दुनियाँमा फूलजस्तै मग्मगाएर फुल्नु । तिमी जहाँ भए पनि मलाई बिर्सिदिनु लज्जावतीलाई कहींल्यै दुःखी नराख्नु । यति भन्न कल गरेकी तर तिमीले उठाएनौ । अब कहिल्यै कल गर्दिन । यति भनेर उनले फोन काटिदिइन् । ढुङ्गाजस्तो यो केटीको मन किन आज मैन बनेर पग्लिरहेछ । मलाई थाहा छैन उनले ठीक निर्णय त गरिन् । तर लज्जावतीको हाल कस्तो छ र हामी कुन अवस्थामा छौँ । तिनलाई के थाहा ? ढिलै भए पनि कुरा वुझिदिइन् उनले ।
म चाहन्छु लुँजला । लज्जावती र मेरो सम्बन्ध पहिले जस्तो थियो त्यस्तै रहनु पर्छ एउटै मालामा सियो धागो र फूल बनी समिनु पर्छ हाम्रो सम्बन्ध । अब वास्तविकता खोल्नुपर्छ उनी सामु त्यसैले उनलाई हस्पिटल मै बोलाउँछु । यही सोचेर रिसिभ कल’लाई पुनः डायल गरेँ उनको फोन अफ भैसकेको थियो । एकोहोरो कुँई... कुँई मा एम्बुलेन्सको रफ्तार बढ्दो छ । मनभरि अस्तव्यस्त भावनाहरूको उपद्रोले छातीनै फुट्ला झैँ भैसक्यो । लुँजलाको फोन अझै अन भएको छैन सायद रिसाइन् क्यार मनमनै सोचेँ ।
एम्बुलेन्स हावाको वेगमा कुदिरहेछ । कहींले पुग्ने काठमाडौँ ? हतारिरहेको मनलाई सान्त्वना दिंदै थानकोटको डाँडा झ्यालबाट छायाँँ दृश्य बनी देखा प¥यो ।
छट्पटाइरहेकी छिन्् लज्जावती । मैले सान्त्वना दिँदै भनेंँ,धैर्य गर लज्जु अब केही क्षणमा नै हामी हस्पिटल पुग्दैछौँ । उनी केही भन्न लागिरहेकी थिइन् तर गाडीको आवाजले उनको मसिनो स्वर हावामा नै बिलाएर गयो । एम्बुलेन्स सिधै टिचिङ्ग हस्पिटलभित्र छिर्यो हतार–हतार ह्विल वेड घिसार्दै इमर्जेन्स वार्डमा पु¥याइयो । मैले घोपाक्याम्प विपी मेमोरियल प्रतिष्ठान हस्पिटलको एक–एक रिपोर्टहरू सबै डक्टरलाई बुझाएँ केस् हयन्डेल भयो । डक्टरले रिपोर्ट हेरी सकेपछि नर्सहरूतिर फर्केर भने ‘केस इज भेरी सिरीयस बिकेयरफुल’ अब मैले वज्रपात खेप्न तयारी भए हुन्छ भनेझै गरि बोल्दै थियो डक्टर । कुराको छन्क हेर्दा लाग्थ्यो मैले जीवनको सबैभन्दा अमूल्य चिज गुमाउँदै छु । कुवेरले हीराको टुक्रा गुमाएजस्तै । धरानमा सफल हुन नसकेको उपचार काठमाडौँमा कमै सफल भएका छन्् । मन थरर्रर्र .. काँप्यो ।
अप्रेरशन थियटर खाली नभएकाले भोलि मात्र हुने जानकारी आयो । वेड पहिले नै बुकिङ्ग गरेर लेटरमा हस्ताक्षर गरिदिएँ । खान त के नै सक्थिन् र लज्जावतीले थोरै जुसबाहेक । तैपनि स्लाइनवाहेक सवै सबै खाने कुरा वर्जित थियो । कारण भोलिको अप्रेशनको लागि । रात धुम्धुम्ती अनिदोमै बित्यो । करिब दिनको एक बजे अप्रेसन सुरू भयो । अप्रेसन सुरू हुनु अघि लज्जावतीले भनेकी थिइन् मलाई ‘मलाई एक्लै नछोड्नु है क्षितिज । थाहा छैन म कतिखेर के हुन्छु टुक्रा टुक्रा शब्द बोलेकी थिइन् उनले । म... तिम्रै...काखमा...मर्न...पाउँ... ।’ मैले भनेको थिएँ धत् त्यस्तो अशुभ पनि बोल्ने । तिमीलाई ठीक हुन्छ लज्जावती तिमीलाई केही पनि हुने छैन । यति भनुन्जेलसम्म मेरो आँखाबाट पीडा उम्लिएर पोखिरहेको थियो । जिन्दगीमा बालबाल वाहेक कहींल्यै नरोएको मान्छे यो घटनापछि पलपल रोइरहेछु म । आखिर यो सबै किन ? प्रश्नको जवाफ छैन मसँग सायद माया होला यो । समय चक्रको निर्दयी प्रहार मेरै मायाको संसारमा बज्रिएको छ । ठीकै छ लज्जावती निको त होस् यी सारा वेदना उपहारै सही । ठीकै छ म लाख रुन बाध्य किन नहोऊँ मेरी लज्जावती मेरो सामुन्ने भए ।
अप्रेसन थियटर वरिपरि टहलिरहेछु म । भोगिसकेका कुरा सजिलै स्मृतिमा आउँदै डस्दै भागिरहेछ । बाजको नङ्ग्राले चल्लाको छाती फोरेर आन्द«ाभुँडी छताछुल्ल पेखेजस्तै मेरो दिमाग ठँुगेर चिथोरी रहेछ । के–के सोच्दै हस्पिटल बाहिरको एउटा भट्टीमा पुगेेंँ । एक क्वार्टर स्वाट्ट पारेँ र चियापत्तिको धुलो मुखमा कोचेर पानी कुल्ला गरेँ । नजिकैको पान पसलवाट जर्रा पान एक पिस मुखमा च्यापेर हस्पिटल पुगेेंँ । करिब साँढे तीन घण्टापछि मलाई भित्र बोलायो । म नर्सको पछिपछि गएँ । डाक्टरले मेरो चेहेरामा केही खोजेझैँ गरि हेरे । म परीक्षाफल कुरेको विद्यार्थीजस्तो भित्रभित्रै छट्पटीकासाथ लज्जावतीको अप्रेसनको नतिजा कुरिरहेको थिएँ ।
डाक्टरले हात मिलाउँदै भने । बधाई छ, अप्रेसन सफल भयो । ‘होस खुल्न केही समय लाग्न सक्छ । तर तपार्ईंले यसरी पिउनु हुँदैनथ्यो ।’ कति चलाख रहेछन्् डक्टर, पत्ता लगाइहाले । धन्यवाद डक्टर । ‘धन्यवाद’ म डक्टरलाई नै अँगालो हालेर रून पो थालेछु । मैले भनें, ‘नपिएर के गर्नु मन सम्हाल्नै गाह्रो भयो ।’ उनले सम्झाए मलाई । अप्रेसन सफल भईसकेपछि पनि यसरी रून्छन्् त कोही ? अब त खुशीयाली पो मनाउनु पर्छ त । विस्तारै उनले अँगालोको हात छुटाएपछि थाहा पाएँ उनको सेतो पोसाक लगाएको काँधमा मेरा आँखाको झरीले निथु्रक्कै भिजिसकेछ ।
प्रकाशित उपन्यास लज्जावतीबाट साभार