बच्चालाई यौन शिक्षा किन आवश्यक छ ? जानौं ६ कारण
नेपाली समाजमा अहिले पनि यौन बारेमा खुलेर कुरा गरिँदैन । सेक्सको कुरा गर्न लजाउनुको साथै समाजमा यसलाई पाच्य मानिदैन । जसका कारण पनि सबैले चाहेर पनि सेक्सको ज्ञान लिन सकेका छैनन्
जब बच्चाले सेक्सका बारेमा असहज प्रश्न गर्छन् तब कतिपय बुवा आमाहरु लाजमर्दो महसुस गर्ने गर्छन । जसका कारण बुवा आमाले बच्चालाई घर मै सेक्स सम्बन्धी विषयमा सन्तुलित तरिकाले उनीहरुलाई बताउनु आवश्यक हुन्छ । उनीहरुलाई घर मै यौनका बारेमा जानकारी नदिँदा अस्पष्ट भएर गलत बाटोको पनि प्रयोग गर्न सक्छन् ।
त्यसकारण बच्चालाई घर मै सेक्सको बारेमा जानकारी दिनु आवश्यक हुन्छ ।
१. बुबाआमाले बच्चालाई सेक्सका बारेमा उचित जानकारी दिनुपर्छ । जसले बच्चा यौन शिक्षाको बारेमा अधुरो जानकारी लिनबाट बचाउन सकिन्छ ।
२. बुवा आमाले चतुराइको साथ सेक्स सम्बन्धित बच्चाले सोध्ने प्रश्नको उत्तर दिने जसले गर्दा बालबालिकाले अविश्वासनीय तथा भ्रामक असुरक्षित सुत्रबाट प्राप्त खतरनाक जानकारीबाट बच्न सक्छन् ।
३. सर्वप्रथम बच्चाको विश्वास यसरी जित्न सक्नुपर्छ, ताकी बच्चामा यस्तो विश्वास रहोस् की सेक्सका बिषयमा कुनैपनि जानकारी लिन आवश्यक भएमा परिवार सँगै लिन सकोस् ।
४. बच्चाको लागि के राम्रो र के नराम्रो यो जानकारी हुनु पर्छ । त्यसैले सेक्सको बारेमा पर्याप्त जानकारी बच्चामा हुनुपर्छ ।
५. कुनै पनि विषयमा आधा वा अनुचित ज्ञान खतरनाक हुन्छ । त्यसैले बच्चाको स्वस्थ वा राम्रो संरक्षित को लागि बुवा आमाको उनको साथ यौन सम्बन्धको बारेमा बिना कुनै डर कुरा गर्नु आवश्यक रहन्छ ।
६. यो आधुनिक जमानामा जब बच्चा स्मार्ट फोन प्रयोगका साथ ठुलो हुन्छ र टिभीको साथै इन्टरनेटसम्म सहजरुपमा पहुँच हुने हुदा बुवा आमाले सर्तक कदम उठाउनु पर्छ । ताकी उसले इन्टरनेट र टिभीमार्फत गलत प्रकारका यौन गतिविधिको सिकोे नगरोस् ।
-एजेन्सीको सहयोगमा /फाईल तस्वीर
Reporter
View Other Stories by Author >>