थापा केयुका कावा उपकुलपति

बनेपा, २ पुस । काठमाडौँ विश्वविद्यालय(केयु)का रजिस्ट्रार डा भोला थापा केयुको कावा उपकुलपति नियुक्त भएका छन्।
केयुको कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई शुक्रबार सो पदमा नियुक्त गरेका हुन् ।
उपकुलपति छनोट गर्न गठित छनोट समितिमा उपकुलपति कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि उनलाई अर्को व्यवस्था नहुन्जेल कावा उपकुलपति नियुक्त गरिएको केयुका प्रेस संयोजक हरि मञ्जुश्रीले जानकारी दिए । झन्डै एक सातादेखि केयुमा उपकुपति रिक्त थियो ।
शिक्षामन्त्री धनीराम पौडेलको संयोजकत्वमा गत मङ्सिर १३ गते गठित छनोट समितिमा प्रा सुरेशराज शर्मा र दमननाथ ढुङ्गाना रहेका छन्। केयुमा गत मङ्सिर २६ गते तत्कालीन उपकुलपति डा रामकण्ठ माकाजु श्रेष्ठको पदावधि समाप्त भएको थियो । रासस
Last modified on 2017-07-09 15:26:09
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>