साउनयता औलोले ३ जनाको मृत्यु, पूर्वउन्मुलनको अवस्था भनिएपनि चुनौति कायमै



Download our app to get more features

काठमाण्डौ, १ पुष । तीन वर्षसम्म शून्य मृत्युको अवस्था रहेको औंलोका कारण यो आर्थिक वर्षको पाँच महिनामै तीनजनाको ज्यान गएको छ ।

सन् २०१२ यता मृत्युको घटना नभएको औंलोका कारण साउनयता तीनजनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।

महाशाखाका निर्देशक डा. भीम आचार्यले यो वर्ष मृत्यु भएका तीनजनामा औंलो पाइएको बताए । औंलो उन्मुलन अभियान चलिरहेकै बेला भएको तीन वटा मृत्युको घटनाले सरकारलाई चुनौति थपिदिएको छ ।

महाशाखा अनुसार साउन यता सिन्धुपाल्चोक स्थायी घर भई अफ्रिकाको केन्या पुगेर आएका २८ वर्षीय छिरिंग शेर्पा (नाम परिवर्तन)को चाबहिल स्थित हेल्पिंग हेण्ड्स अस्पतालमा मृत्युभएको छ । भने बिराटनगर घर भई जयबागेश्वरी बस्दै आएका बिराटनगरका महेशकुमार शर्मा (नाम परिवर्तन)को ओम अस्पतालमा निधन भएको छ । महाशाखाका अनुसार केहीदिन अघिमात्रै चितवन मेडिकल कलेजमा मृत्यु भएका एकजनामा पनि औंलोको जीवाणु भेटिएको छ ।

यद्यपी अस्पतालले मृतकको नाम र विवरण गोप्य राखेको छ । सन् २०२६ सम्म औंलो उन्मुलन गर्ने अभियान सहित सरकारले अहिले उच्च जोखिम र मध्यम जोखिम भएका जिल्ला छुट्याएर अभियान सञ्चालन गरिरहेको छ । जसअन्र्तगत झुल वितरण र विषादी छर्किएर लामखुट्टको प्रजननदर घटाउने कार्यक्रम सञ्चालित छ ।

उच्च जोखिममा १५ जिल्ला र मध्यम जोखिमका रुपमा १० जिल्लामा कार्यक्रम सञ्चालन भएपनि औंलोका कारण पाँच महिनामै तीनजनाको मृत्यु भएपछि सरकारी कार्यक्रमको प्रभावकारितामा प्रश्न उठेको छ ।

 

Last modified on 2017-07-09 17:03:48

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts