सेयरका धनी स्वास्थ्य मन्त्री गगन थापा
स्वास्थ्यमन्त्रीको ५५ कम्पनीमा सेयर
काठमाण्डौं ३०, मंसिर । पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको चार महिनापछि बल्ल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले वाहालवाला मन्त्री तथा राज्यमन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरेको छ । जस अन्तरगत स्वास्थ्य मन्त्री गगन थापा सेयरमा सर्वाधिक धनी देखिएका छन् । मन्त्री थापाको ५५ वटा कम्पनिमा शेयर रहेको विवरणमा उल्लेख छ ।
स्वास्थ्य मन्त्री थापासँग आफ्नो नाममा जम्मा ९ हजार रकम मात्र रहेको छ । उनले नगद मौजदात ५ हजार र बैंकमा ४ हजार रहेको विवरण बुझाएका छन् । थापाले आमाको नाममा काठमाडौं ज्ञानेश्वरमा दुई तले र साढे दई तलाको दुई वटा घर, बुबाको नाममा सोलुखुम्बुमा २२ रोपनी ८ आना, इटहरीमा १२ धुर जग्गा र हजुरबुबोका नाममा रहेको सहगोल जग्गा सोलुखुम्बुमै ७८ रोपनी ८ आना जमिन रहेको विवरण देखाएका छन् ।
श्रीमती अन्जनाको नाममा १६ तोला सुन, २ सय तोला चाँदी, हिराको केही गहन, २० लाख १५ हजार रकम स्ट्यान्डर्ड चार्टड बैंक र नबिल बैंकमा र श्रीमती, छोरी गार्गी, बुबा र आफ्नो नाममा विभिन्न ५५ कम्पनीमा ७३ लाख १३ हजार एक सय रुपैयाँ बराबरको सेयर छ ।
मन्त्रीपरिषद् कार्यालयले प्रधानमन्त्रीसहित ३१ जनाको सम्पत्ती विवरण सार्वजनिक गरे पनि उनीहरुको जीवनशैली र सार्वजनिक सम्पत्तीमा विवरण प्रति भने आमजनता भने आश्वस्त हुने प्रकारको छैन ।