वीर अस्पतालमा बबाल !

What's This?


Download our app to get more features

काठमाण्डौं ३०, मंसिर । राजधानीको मुटुमा रहेको बीर अस्पतालमा बिरामीको मृत्युपछि तनाव भएको छ । हिजो साँझ काठमाण्डौको बबरमहलमा सडक दुर्घट्नामा परेका एक युवकको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकको वेवास्ताले मृत्यु भएको भन्दै झगडा गरेपछि अस्पतालमा तनाब भएको हो ।
बबरमहलमा बाटो पार गर्ने क्रममा पैदलयात्री २२ बर्षका अजय तण्डुकार सडक दुर्घट्नामा परेका थिए । उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । राति आठ बजे उनलाई प्रहरीले उपचारका लागि बीर अस्पतालको इमरजेन्सीमा पु¥याएको थियो । साढे ११ बजेसम्म उनको उपचार हुन नपाएको आफन्तहरुको आरोप छ । १२ बजे राति अस्पतालले तण्डुकारको मृत्यु भएको घोषणा गरेको थियो । सिनियर चिकित्सक नभएकोले उनको उपचार हुन नपाएको आफन्तको भनाई छ । ‘राति साढे एघार बजेसम्म बोलिरहेको मान्छे एकैचोटी १२ बजे मृत घोषणा गरियो ।’ मृतकका साथी नवराज मैनालीले भने,‘सिनियर डाक्टर नभएकाले अजयको उपचार हुन पाएन ।’
मृतक तण्डुकारका आफन्तले शव बुझ्न मानेका छैनन् । काठमाण्डौं बबरमहलका तण्डुकार शारीरिक रूपले अशक्त थिए । अस्पतालमा तनाव भएसंगै बीर अस्पताल प्रशासनले अहिले मृतकका आफन्त र तण्डुकारका सन्दर्भमा बुझ्न आउने कसैलाई पनि अस्पतालमा प्रवेश गर्न दिएको छैन । घरको एक्लो छोरा अजयको मृत्युले परिवार शोकमा छ । मृतक अजयको एक बहिनी छिन्  । मृतकका आफन्तले अस्पतालबाट उचित क्षतिपूर्ति र बहिनीका लागि उचित व्यवस्था मिलाइिदन माग गरेका छन् ।

Last modified on 2017-07-13 16:17:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts