ओछ्यानमा पिसाव फेर्नेलाई आयुर्वेदिक घरेलु उपचार
एजेन्सी । बालबालिकाले जानी जानी ओछ्यानमा पिसाव गर्दैनन् । साधारणतया ३ देखि ५ वर्षको उमेरसम्ममा आफ्नो मुत्रासय नियन्त्रण गर्न सक्छन् । तर केहि बालबालिकाहरु आफ्नो मुत्रासय नियन्त्रणमा राख्न नसक्दा बाध्यतामा निद्रामा ओछ्यानमै पिसाव गर्न बाध्य हुन्छन् ।
यस्तो समस्या १५ देखि २० वर्ष सम्म पनि देखिन सक्छ । जसबाट उनीहरु आफैं लज्जित र हिनताबोध हुने गर्छन् । खासगरी केटिमा भन्दा केटामा अधिक देखिने यो रोग सबैको हाँसोमजाकको बिषय बन्ने गर्दछ ।
आयुर्वेदले शास्त्रले यस्तो रोगको उपचार घरेलु औषधीबाटै गर्न सकिने उल्लेख गरेको छ । आयुर्वेदले यसलाई समस्याको रुपमा नभई रोगको रुपमा परिभाषित गर्दै आएको छ । यस्तथो समस्या जाडोयाममा अधिक देखिने गर्दछ ।
के कारणले ओछ्यान्मा पिसाव गर्छन त ?
- मुत्रासयको मांशपेसि तथा तन्तुमा असंतुलन भएमा
- मुत्रासयको सामान्य नियन्त्रणमा राख्ने मुत्रथैलीको बनावटको कारण
- चिसो तथा पिसाव धेरै लाग्ने पेय पदार्थको अधिक सेवन
- मधुमेह रोग या अन्य हर्मोनका असंतुलन जस्ता दीर्घकालिन रोगको कारण
- निद्रामा अत्यन्त पिसाव लाग्दा मस्तिष्क अवचेतन भइदिँदा आदी
आर्युर्वेदिक उपचार
धनियाको गेडालाई खैरो रंग हुनेगरी भुटेर बनाएको धुलोमा अनारको फूल र तिल मिसाई लेदो बनाउने । त्यस लेदोमा थोरै मिश्रि राखेर सुत्नुभन्दा अगाडी खुवाउने ।
तर औषधी सेवन गरीसकेपछि आलु, हरियो चना, चकलेट, कफि वा अन्य मसलेदार खानपान खुवाउनु हुंदैन ।
सामान्यतया सुत्नुभन्दा पहिले अमला, अदुवा, जीरा, पुदिना र तुलसीको नियमित सेवनले पनि निद्रामा पिसाव गर्ने रोग नियन्त्रण हुने आयुर्वेदमा उल्लेख छ ।
यसरी घरमै बनाएको औषधी बाहेक तयारी आर्युर्वेदिक औषधीहरु पनि पाइन्छ । विशातिन्दुका वटी, शिलाजीतवाडी वटी, चंद्रप्रभा वटी र वगैरहा आदी छन् ।
तर्सथ ओछ्यानमा पिसाव फेर्ने रोग नियन्त्रण गर्न मुख्य रुपमा तनाव, डर तथा त्रासलाई पनि कम गर्नुपर्ने हुन्छ । त्यस्तै बालबालिकालाई सुत्नुभन्दा अगाडी नियमित पिसाव फेराउने काम पनि गर्नुपर्छ ।
मेरो बाबुको उमेर १०महिनाको भयो कहिलेकाही २/४दिनमा खेल्दा खैल्दै बेहोस हुन्छ के भाको होला । क्रिपैया प्रतीक्षा मा छु। ph 9848437375